Headlines News :
fb
Home » , » इस्लामिक अतिबादीले घाँटी रेटेर मारेकाहरु (तस्विर र भिडियो सहित)

इस्लामिक अतिबादीले घाँटी रेटेर मारेकाहरु (तस्विर र भिडियो सहित)

मंगलबार अनलाइन माध्यमहरुमा एक अमेरिकी पत्रकार जेम्स फोलीलाई इराक र सिरियामा युद्धरत इस्लामिक स्टेटका लडाकुहरुले घाँटी रेटेर मार्दै गरेको भिडियो सार्वजनिक भएपछि सनसनी मच्चिएको छ । इस्लामिक अतिबादीहरुले यसरी पत्रकार वा चर्चित ब्यक्तिको घाँटी रेटेरे मारेका जेम्स फोली एक्लो ब्यक्ति होइनन् ।



१२ नेपाली
२०६१ साल भदौ १६ गतेका दिन तत्कालीन इराकी लडाकुहरुले १२ जना नेपालीको विभत्स हत्या गरेपछि नेपालमा ठूलो तनाव भएको  थियो । सयौं म्यानपावर कम्पनीका कार्यालय तोडफोड भएका थिए भने कर्फ्यू लगाउने अवस्था समेत आएको थियो । इराकमा विभत्सरुपमा नेपाली मारिएपछि आक्रोशित बनेका मानिसहरु राजधानीका म्यानपावरहरु तोडफोडमा मात्र उत्रिएनन् लुटपाट पनि भयो ।

कुरानमा दुश्मनलाई घाँटी रेटेर हत्या गर्ने भन्ने उल्लेख रहेको र त्यो धार्मिक वा ऐतिहासिक युद्धका क्रममा मात्र उचित हुने भएपनि त्यसलाई गलत बुझेर अतिबादीहरुले यसको दुरुपयोग गर्ने गरेको विश्लेषकहरु बताउँछन् ।
बेलायतको एक्स्टर विश्वविद्यालयमा मध्यपूर्वको राजनीतिका प्राध्यापक गारेथ स्टान्सफिल्ड अहिले अतिबादीहरुले गरेको जस्ता घाँटी रेट्ने कृत्यलाई कुरानमा लेखिएको कुरासँग तुलना गर्न नमिल्ने बताउँछन् ।

यस अघि को कोलाई यसरी हत्या गरिएको थियो त ?

डेलियन पर्ल
सन् २००२ को शुरुमा अमेरिकाको वालस्ट्रिट जर्नलका रिपोर्टर डेनियल पर्ललाई पाकिस्तानमा अपहरण गरी आतिवादी संगठन अलकायदाका लडाकुहरुले घाँटी रेटेर हत्या गरेका थिए । ३८ वर्षीय पर्ललाई २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी आक्रमणपछि इस्लामिक लडाकुहरुको बारेमा अनुसन्धान गरिरहेको समयमा मारिएको थियो ।

पत्रकार काट्ने खालिद शेख मोहमद
डेनलियल पर्लको हत्याको भिडियो पनि अहिलेको जस्तै इन्टरनेटमा सार्वजनिक गरिएको थियो । उक्त हत्यामा दोषी मानिएका खाले मोहम्मद अहिले युद्ध अपराधको आरोपमा अमेरिकाको जेलमा छन् ।


पल जोन्सोन
त्यसैगरी सन् २००४ मा अमेरिकी इन्जिनियर पल जोन्सोनलाई अलकायदाका लडाकुहरुले साउदी अरेवियामा घाँटी रेटेर हत्या गरेका थिए । १ हप्ता सम्म बन्धक बनाएर उनको हत्या गरिएपछि विश्वभरी समाचार हेडलाइन बनेको थियो ।


निकोलश बर्ग
सन् २००४ मै इस्लामिक अतिबादीको अपहरणमा परेका अमेरिकी ब्यापारी निकोलश बर्गलाई पनि घाँटी रेटेर मारिएको भिडियो इन्टरनेटमै सार्वजनिक भएको थियो ।
Nicholas Berg

केन बिग्ले
सन् २००४ मै बेलायती इन्जिनियर केनिथ बिग्ले, अमेरिकी इन्जिनियर ज्याक हेन्सली, युजेन ज्याक आर्मस्ट्रोङ इराकको राजधानी बगदादबाट अपहरणमा परेका थिए । उनीहरुलाई पनि घाँटी रेटेर मारिएको भिडियो सार्वजनिक भएको थियो ।
Ken Bigley
जेम्स फोली
पछिल्लो पटक घाँटी रेटेर हत्या गरिनेमा अमेरिकी पत्रकार जेम्स फोली परेका छन् । उनलाई स्लामिक स्टेटका लडाकुले उनलाई हत्या गरेको भिडियो सार्वजनिक गरेका हुन् । सन् २०१२ मा सिरियाबाट हराएका उनी मंगलबार मारिएका हुन् ।
last one

भिडियो हेर्नुस्
 

स्टेभेन जोएल सोटलोफ
सन् २०१३ मा सिरियाबाट वेपत्ता भएका अमेरिकी पत्रिका स्टेभेन जोएल सोट्लोफ पनि हराइरहेका छन् । उनी पनि जेम्स फोलीको हत्या गरिएको भिडियोमा देखिएका छन् । लडाकुहरुले अमेरिकी ब्यवहार अनुसार उनलाई मार्ने कि नमार्ने निर्णय लिने बताएका छन् । अमेरिकी राष्ट्रपति बराक ओबामाले लिने आगामी निर्णयबाट उनको भविष्य निर्धारण हुने लडाकुले भिडियोमा बताएका छन् ।
James Foley


एजेन्सी ।

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar