Headlines News :
fb
Home » » इबोला भाइरसका कारण लाइबेरियामा कफ्र्यू

इबोला भाइरसका कारण लाइबेरियामा कफ्र्यू

काठमाडौं, भाद्र ४ । इबोला भाइरसको संक्रमणसँग जुधिरहेको लाइबेरियाको राजधानी मोनरोवियामा रातको समयमा कफ्र्यू लगाइएको छ ।  लाइबेरियाका राष्ट्रपति एलेन जोन्सन सिर्लिफले सरकारले गरेको अथक प्रयासका बाबजुत इबोला नियन्त्रण गर्न नसकिएको भन्दै घना बस्ती भएका क्षेत्रहरुमा कफ्र्यूको आदेश जारी गरेका हुन् ।

सहरका झुपड बस्तीहरुमा क्वारेन्टाइनको व्यवस्था गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । ती क्षेत्रहरुबाट इबोला फैलन सक्ने आशंकामा सरकारले यस्तो प्रयास गरेको बताइएको छ ।

पश्चिम अफ्रिकामा इबोलाको संक्रमणका कारण १२ सय २९ जनाको मृत्यु भैसकेको छ । गिनीबाट सुरु भएको संक्रमण लाइबेरिया, सियरालियोन र नाइजेरियासम्म फैलिएको छ ।

पछिल्लो तथ्यांकअनुसार लाइबेरियामा इबोलका कारण ४ सय ६६ जनाको मृत्यु भएको छ भने ८ सय ३४ संक्रमित छन् । (एजेन्सी) 
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar