Headlines News :
fb
Home » » पेटको बोसो घटाउने घरेलु तरिका

पेटको बोसो घटाउने घरेलु तरिका

पेटको बोसो घटाउने घरेलु तरिका
अव्यवस्थित जीवनशैली र गलत खानेकुराको उपहार हो पेटको बोसो । पेटको बोसो धेरै मानिसहरुका लागि याद राख्ने ठाउँ बनेको छ । यसले तपाईंको व्यक्तित्व मात्र खराब नगरि धेरै प्रकारको रोगको शिकार बनाउन सक्छ । पेटको बोसो घटाउनका लागि यो आयुर्वेदिक पद्धति अपनाउनुहोस् । दिनको सुरुवात कागतीको रसबाट सुरु गर्नुहोस् ।

पेटको बोसो घटाउनका लागि यो सबभन्दा राम्रो थेरापी मानिएको छ । मनतातो पानीमा एक चिम्टि पहेँलो जुसमा नुन हाल्नुहोस् । यसलाई दैनिक रुपमा पिउने गर्नाले तपाईंको मेटाबोलिजमलाई तीव्र पार्दछ । सेतो चामलबाट टाढै बस्नुहोस् । यसको सट्टामा तपाईंले गहुँको खाद्यसामग्री बनाउन सक्नुहुनेछ । आफ्नो डाइटमा खैरो चामल, खैरो पाउरोटी संलग्न गर्नुहोस् । गुलियो खानेकुराबाट टाढै बस्नुहोस् । चक्लेट, गुलियो पेय पदार्थ र चिल्लो खानेकुरा नखानुहोस् । यस्ता खानेकुराहरुको प्रयोगले तपाईंको शरिरको पेट र तिघ्रामा बोसोजम्मा हुन मद्दत गर्दछ ।

प्रशस्त मात्रामा पानी पिउनुहोस् । यदि आफ्नो पेटको बोसो घटाउन चाहनुहुन्छ भने दैनिक रुपमा प्रशस्त पानी पिउने गर्नुहोस् । केहि समयको अन्तरालपछि पिइएको पानीले तपाईंको मेटाबोलिजमको गतिलाई तिव्र पार्दछ र शरिरको टक्सिनहरुलाई हटाउने गर्दछ । काँचो मूलालाई चपाउनुहोस् । प्रत्येक बिहान दुई चार वटा मूलाको चाना चपाउनुहोस् र त्यसपछि कागती पानी पिउनुहोस् । यो पद्धतीले तपाईंको तौल घटाउने प्रक्रियालाई दोब्बर बनाइदिन्छ र राम्रो रक्तसंचारमा मद्दत गर्दछ । शाकाहारि खानेकुरामा बढि जोड दिनुहोस् । तरकारी र फलफूलमा बढि जोड दिनुहोस् । दैनिक बिहान र बेलुका एक कचौरा फलफूल खाने गर्नुहोस् । यसले तपाईंको शरिरमा एन्टिअक्सिडेन्ट, मिनरल र भिटामिन परिपूर्ती गरिदिन्छ । खानामा बढि मसलाको प्रयोग गर्नुहोस् । अदुवा, मरिचलाई खानेकुरामा हाल्न कहिले नछुटाउनुहोस् । यस्ता मसलाले शरिरलाई निकै फाइदा गर्दछ ।
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar