Headlines News :
fb
Home » » एपेन्डिसाइटिस

एपेन्डिसाइटिस


अचानक बेस्सरी पेट दुख्नु र दुखाई शुरुमा नाइटोका वरिपरि अनि विस्तारै दायाँतिर पेटको तलतिर सर्दै जानु सामान्य दुखाई मात्र नभएर एपेन्डिसाइटिस पनि हुनसक्छ ।
एपेन्डिसाइटिस ठूलो आन्द्रासँग सम्बन्धित रोग हो । ठूलो आन्द…्राको छेउमा भर्मिफम एपेन्डिक्स रहेको हुन्छ । जसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न मद्दत गर्छ । तर, निस्कासन गरिनुपर्ने विषाक्त पदार्थ लामो समयसम्म ठूलो आन

्द्रामा रहेमा यसले रोग उत्पादन गर्छ ।
कारणहरु (causes) :
– लामो समयसम्म कब्जियतको समस्या हुनु (chronic constipation)
– पच्न गाह्रो हुने तारेको, भुटेको र मसालेदार खाना खानु ।
– अत्यधिक मासु खानु ।
– अस्वस्थकर खानपान र अव्यवस्थित जीवनशैली ।
– शारीरिक व्यायाम कम हुनु ।
लक्षणहरु (symptoms) :
– शुरुमा नाइटोका वरिपरि दुख्दछ र विस्तारै उक्त पीडा दायाँतिर पेटको तलतिर बढ्दै जान्छ ।
– अपच हुनु (Indigestion)
– वाकवाक लाग्नु र वान्ता हुनु (nausea & vomiting)
– ज्वरो आउनु (fever)
– पेटको दाया भागको मांसपेशी कडा भएको महसुस हुनु
– बायाँतिर चलाउँदा समेत दायाँतिर दुख्नु (rovsin’s sign positive)
– बिरामीको पेट छामेर छोड्दा विरामीले पीडाको महसुस अलि बढी गर्दछ ।
– पखाला वा कब्जियत हुनु ।
उपचार (treatment)
– एपेन्डिसाइटिस भएका विरामीलाई ४८ घण्टाभित्र नै शल्यक्रिया गरी एपेन्डिक्सलाई काटेर फाल्नु नै यसको प्रमुख उपचार हो । तसर्थ यस्ता प्रकारका विरामीको शंका लाग्नासाथ जतिसक्दो छिटो शल्यक्रियाको निमित अस्पतालमा लैजानु पर्छ ।
– तुरुन्तै अप्रेसन गर्नुपर्ने बाहेक अन्य अवस्थामा खानपान, आराम व्यायाम, योग, ध्यान आदिको माध्यमबाट यसको उपचार गर्न सकिन्छ ।
– दुखाईको अवस्थामा भोजन नगरी पानी, फलफूलको जुस र फलफूल मात्र सेवन गर्नुपर्दछ ।
– कब्जियत यो रोगको मुख्य कारण भएको हुँदा यसको उपचार वा कब्जियत हुनै नदिने उपाय अपनाउनुपर्छ ।
– दैनिक भोजनमा प्रशस्त पलफूल र तरकारी समावेश गरिएको सन्तुलित भोजन गर्नुपर्दछ ।
– प्रशस्त पानी पिउनुपर्दछ ।
________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar