Headlines News :
fb
Home » » प्रहरीलाई खबर गरेर आत्महत्या !

प्रहरीलाई खबर गरेर आत्महत्या !

 काठमाडौं : कीर्तिपुरका नरेन्द्र बर्जाचार्यले ललितपुरमा निर्माणाधीन हाउजिङको तेह्रौं तलामाथिबाट हामफालेर आत्महत्या गर्नुअघि प्रहरीलाई खबर गरेका थिए। बुधबार राति दुई बजेर १६ मिनेट

 जाँदा बज्राचार्यले आफ्नो मोबाइल ९८४१८०१५१२ बाट महानगरीय प्रहरी परिसर ललितपुरको कन्ट्रोल नम्बर १०० मा फोन गरी ' म मर्दै छु, नख्खुमा छु भनेर खबर गरेका थिए।

ललितपुर प्रहरीले फोन आएलगत्तै उनलाई फोन ग:यो। फोन उठेन। केही समय प्रहरीलेयसलाई 'ल्बफ कल' कै रूपमा लियो। तर पछि आत्महत्या गर्ने व्यक्तिले आफू मर्न लागेको भन्दै खबर गरेपछि प्रहरी टोली बज्राचार्यको खोजीमा जुट्यो। नख्खुमा डेढ घन्टा खोजी गर्दा उनी भेटिएनन्। बिहीबार बिहान ललितपुर ठाडोढुंगामा निर्माणाधीन बज्र सांग्रिला हाउजिङको भुइँमा नरेन्द्रको शव फेला प:यो। शव फेला परेपछि प्रहरी अचम्मित बन्यो। बज्राचार्यले साँच्चिकै आत्महत्या गर्लान् भन्ने विश्वास प्रहरीलाई थिएन।

आर्थिक रूपमा सम्पन्न चार दाजुभाइमध्ये उनी मध्यमस्तरका थिए। उनी एक वर्षदेखि आफन्तकोमा आउजाउबाट टाढै थिए। सुसाइड नोटमा बज्राचार्यले अंग्रेजीमा 'इट इज सेल्फ एटेम्ट, आई एम भेरी भेरी सरी। प्लिज फरगिभ मी एन्ड फरगट मी। बिफोर हाउ होवेर, रिफरेन्स काली बोगटी थापा सैंबु भैंसेपाटी' भनेर लेखेका छन्। काली बोगटी थापासँग सोधपुछ गर्दा बज्राचार्यले दुई दिनअघि उनलाई सुटकेस दिएर पोखरा घुम्न हिँडेका थिए।

हाउजिङमा सुरक्षार्थ खटिएका सेक्युरिटी गार्डले बज्राचार्य कुन बेला भित्र छिरेर हामफाले भन्ने पत्तो नपाएको बयान दिएका छन्। सामान्यतया पारिवारिक वितृष्णा, लक्ष्य प्राप्तिमा असफल, गलत कार्य सार्वजनिक हुने डर, ऋण तिर्न नसक्नुलगायतका कारणले व्यक्तिमा 'डिप्रेसन' भएपछि आत्महत्या गर्ने गरेको पाइन्छ। मनोविद् करुणा कुँबर भन्छिन्, 'व्यक्तिले योजनाबद्ध ढंगले र क्षणिक आवेग दुवैमा आत्महत्याको निर्णय लिने गर्छ। आत्महत्या गर्ने व्यक्तिले आफू मात्र ठीक र अरू बेठीक ठान्छन्।' आत्महत्या गर्ने व्यक्तिले आफन्त वा साथीभाइलाई कुनै समयमा बताएको हुन्छ। 'आत्महत्या गर्छु भन्नेले गर्दैन भन्ने सोचाइ गलत हो। ऊमाथि समयमै निगरानी नपु:याउँदा पनि त्यस्ता धेरै घटना भएका छन्', कुँवरले भनिन्।

प्रहरी मुख्यालयका प्रवक्ता एसएसपी गणेश केसीले आत्महत्याका घटनामा प्रहरीलाई जानकारी दिएर हुने गरेका अन्य घटना जानकारीमा नभएको बताए। महानगरीय प्रहरी अपराध महाशाखाको तथ्यांकअनुसार गत आर्थिक वर्षमा उपत्यकामा ८७ वटा आत्महत्याका घटना भएका थिए भने चालू आर्थिक वर्षको वैशाख दोस्रो सता सम्म ७७ वटा आत्महत्याका घटना भएका छन्।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar