काठमाडौं ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारतबीचको सन् १९५० को सन्धिमा जस्तोसुकै परिवर्तन गर्न पनि भारत तयार रहेको प्रष्ट पार्नुभएको छ । आइतबार राति प्रधानमन्त्री सुशील कोइरालाले उहाँको सम्मानमा आयोजना गर्नु भएको रात्रिभोजलाई सम्बोधन गर्दै मोदीले सन्धिको नाममा राजनीति मात्र नगर्न आग्रह समेत गर्नुभयो ।
नेपालले सन् १९५० को सन्धिमा के कस्तो परिवर्तन चाहेको हो त्यसबारे नेपालका सबै पक्ष मिलेर स्पष्ट प्रस्ताव प्रस्तुत गर्न मोदीले आग्रह गर्नुभयो । भारतीय प्रधानमन्त्री मोदीले त्यो सन्धिको नाममा राजनीति मात्र गर्ने हो भने दुवै पक्षलाई कुनै फाइदा नहुने पनि खुलस्त पार्नु भयो ।
सुशील कोइरालाको स्वागत भाषणपछि प्रत्युत्तरमा बोल्दै मोदीले काठमाडौँ आएदेखि नै भएका विभिन्न भेटघाट र कार्यक्रमहरूबाट नेपालले तीब्र विकासको चाहिरहेको आफूले अनुभव गरेको बताउनु भयो । उहाँले नेपाल विकासको उचाईमा पुग्दा भारत पनि स्वतः लाभान्वित हुने धारणा व्यक्त गर्नुभयो ।यस अघि मोदीको सम्मानमा स्वागत भाषण गर्दै प्रधानमन्त्री सुशील कोइरालाले छिमेकी मुलुकहरूप्रति प्रधानमन्त्री मोदीले देखाएको मित्रता र आपसी समझदारीको सङ्केतले दक्षिण एसियालाई नै प्रोत्साहित गरिरहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री कोइरालाले नयाँ संविधानमार्फत नयाँ युगमा प्रवेश गर्न लागेको नेपाललाई भारतको सहयोगबाट महत्वपूर्ण टेवा मिल्ने विश्वास व्यक्त गर्नुभयो । नेपालको संसदलाई प्रधानमन्त्री मोदीले गरेको सम्बोधनलाई प्रेरणादायी भन्दै उहाँले धन्यवाद ज्ञापन गर्नुभयो।
प्रधानमन्त्रीले भारतको स्वाधीनता आन्दोलनमा नेपालका नेता विपी कोइराला सहभागी भएको ऐतिहासिक यथार्थको स्मरण गर्दैै नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध रहेको बताउनु भयो ।प्रधानमन्त्री कोइरालाले रात्री भोजमा भारतका प्रधानमन्त्री मोदीको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको निरन्तर समुन्नतिको कामना गर्दै टोस्ट प्रस्ताव गर्नुभएको थिए । प्रधानमन्त्री कोइरालाको सरल जीवन शैली, परिश्रम, सहजताबाट आफू प्रभावित रहेको उल्लेख गर्दै भारतीय प्रधानमन्त्रीले प्रधानमन्त्री कोइरालाको सुख तथा सुस्वास्थको कामनाका साथ ‘भारत–नेपाल्ऽ मैत्री अमर रहोस’ भन्दै टोस्ट प्रस्ताव गर्नु भएको थियो । यस अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आईतबार साँझ ६ बजे होटल हयातमा विभिन्न दलका नेताहरुसँग भेट गर्नु भएको थियो ।