काठमाडौं, साउन १९ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मधेसको मात्र मुद्दा नबोक्न नेपालका मधेसी नेताहरुलाई सुझाव दिनुभएको छ ।
हायात होटलमा मधेसी दलका नेताहरुसँगको संयुक्त भेटमा उहाँले भारतले सिंगो नेपालको विकास र प्रगतिमा सहयोग गर्ने बताउनुभयो ।
‘तपाईंहरु मधेसको मात्र मुद्दा लिएर नआउनुहोस्, समग्र मुलुकको हित र विकासमा सोच्नुहोस्’ मोदीको भनाई उद्धृत गर्दै भेटमा सहभागी एक नेताले बताए ।
मोदीसँग मधेसी नेताहरुले मधेसमा विभेद हुने गरेको गुनासो गर्दै मधेसमा ध्यान दिन आग्रह गरेका थिए । जवाफमा मोदीले आफू र आफ्नो देश मधेसको मात्र नभएर सिंगो नेपालको हित होओस् भन्ने पक्षमा रहेको बताउनुभएको हो ।
तराई, पहाड, हिमाल सबै क्षेत्र र वर्गका नेपालीको उन्नति र प्रगति भारतको चाहना रहेको मोदीले स्पष्ट पार्नुभयो । यसअघि नेपाल भ्रमणाम आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि मधेसी नेताहरुलाई यस्तै जवाफ दिनुभएको थियो ।
मोदीले सार्क भ्रमणमा आउँदा जनकपुर र लुम्बिनीको दर्शन गर्ने पनि बताउनुभयो । भेटमा विजयकुमार गच्छदार, अनिल झा, जेपी गुप्ता, अमरेश सिंह लगायत मधेसी नेताहरु सहभागी थिए ।