काठमाडौं, श्रावण १९ ।
आज मैले के देखें के देखें
काठमाडौं सहर असाध्यै सफासुघ्घर पो देखें
आइतबार बिहानै मर्निङ वाकमा निस्कने काठमाडौंबासीले यसै भनेको सुनिन्थ्यो । उनीहरु आफ्नै काठमाडौं सहर मै छौं या अन्यत्र भनेर अलमलिएका थिए । सधै देखिने काठमाडौंको सडकमा दाँया–बायाँ फोहोरको थुप्रो, धुलाम्य सडक, अस्तव्यस्त ट्राफिक, सडकबाटै पैदल यात्राको दृश्य नदेख्दा उनीहरु चकित थिएँ ।
काठमाडौंबासीले अहिले सडक वरपर फोहोर, माटो, सडकबीचको डिभाइडर, पोस्टर, ढल या पानी बगेको देख्न पाउन छोडेका छन् । खासमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौशाला, चाबहिल, बौद्धस्थित हायात होटलसम्ममात्र होइन, चाबहिलबाट महाराजगंजस्थित नारायणगोपाल चोक, राष्ट्रपति भवन शितल निवास, बालुवाटार रुटमा हिडनेलाई अहिले काठमाडौंमा हिडेको अनुभुति नै हुँदैन ।
उसो त नयाँ बानेश्वर होस् कि सिंहदरबार या सिंहदरबारदेखि सोल्टी मोडसम्मकै सडक किन नहोस् निकै अनुशासित र चिटिक्क देखिन्छ ।
सडक र सडकको दायाँ–बाँया सफाइमात्र होइन, सडकमा देखिने प्रहरी अनुशासित र कर्तव्यनिष्ठ देखिन्छ, सर्वसाधारण त्यतिकै अनुशासित देखिन्छन । उनीहरु सडकबाट होइन, पेटीबाट हिडिरहेका देखिन्छन् । सडकमा सवारी हाक्नेहरु भद्र तरिकाले आ–आफ्नो सवारी गुडाइरहेका छन् ।
अघिल्लो साँझसम्म पुरानै दृश्य देखेर दिक्किएका काठमाडौंबासी एकाएक आइतबार बिहानैदेखि यस्तो दृश्य देख्दा छक्क परेका छन् । उनीहरुलाई लाग्दैछ कतै हामी अर्कै सहर त डुलिरहेका छैनौ ?(भिडियोसहित)