काठमाडौ, साउन २७ – बाढीपहिरो प्रभावित क्षेत्रमा रोगको संक्रमण फैलिन नदिन सतर्क रहेको सरकार अहिले अर्को रोगको सम्भावित जोखिम कम गर्ने उपायमा लागेको छ ।
विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको इबोला भाइरस नेपालमा पनि भित्रिन सक्ने खतरा बढेपछि सरकारले पूर्व सावधानी अपनाउने तयारी गर्दैछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अफ्रिकी मुलुकबाट फर्किएकाहरुलाई तीन हप्तासम्म निगरानीमा राख्ने तथा विमानस्थलमै स्वास्थ्यकर्मी खटाएर परीक्षण गर्ने तयारी गरेको छ । पश्चिम अफ्रिकी मुलूकमा फैलिरहेको इबोला भाइरस नेपालमा भित्रने संभावना उच्च रहेपनि नियन्त्रणका लागि अहिलेसम्म पहल भने भएको छैन ।
स्वास्थ्य मन्त्रालयका निमित्त सचिव तीर्थराज बुर्लाकोटीले अफ्रिकी मुलुकहरुबाट नेपालमा पनि इबोला भाइरसको संक्रमण फैलिन सक्नेतर्फ मन्त्रालय सचेत रहेको भन्दै आवश्यक सुरक्षात्मक उपायबारे सरोकारवाला निकायबीच बुधबार छलफल हुने जानकारी दिनुभयो ।
अफ्रिकी देश गिनीको मेलियान्डो गाउँबाट सुरु भएको यो भाइरस अहिले अफ्रिका सहित अरु देशहरुमा महामारीको रुपमा फैलिसकेको छ । अफ्रिकाका बिभिन्न देशमा नेपालीको पनि ओहोरदोहोर हुने भएकाले यहाँ पनि त्यो रोग फैलिन सक्ने खतरा रहेको विज्ञहरु बताउँछन् ।
नेपाल कत्तिको जोखिममा ?
अफ्रिकी देशमा डरलाग्दो इबोला भाइरस फैलियो भन्ने समाचार सुनेका नेपाली अब आफ्नै देशभित्र पनि यो रोगको जोखिम बढ्यो भनेर चिन्तामा छन् । वैदेशिक रोजगारी तथा अरु कामको सिलसिलामा धेरै नेपाली अफ्रिकाका बिभिन्न देशमा रहेकाले इबोला भित्रिने जोखिम छ ।
नेपाली सेनाका अनुसार झण्डै साढे तीनहजार सैनिक अफ्रिकी देश मोरक्को, आइभोरी कोष्ट, लाइबेरिया, कंगो, सुडान र मालीमा शान्ति मिसनको लागि खटिएका छन् । यस्तै नाइजेरिया, कंगो, दक्षिण अफ्रिका लगायत देशमा गरी झण्डै दुई लाख नेपाली कामको लागि पुगेका छन् ।
त्यसैले रोगको संक्रमण रहेको अफ्रिकाबाट नेपालीको ओहोरदोहोर भैरहने भएकाले उनीहरुमार्फत नेपालमा रोग भित्रिन सक्ने जोखिम बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । छिमेकी देश भारतबाट समेत अफ्रिका जानेहरुको संख्या बढ्दो छ । भारतसँगको खुला सीमाका कारण सीमा क्षेत्रका बासिन्दा अझ बढी जोखिममा छन् ।
इबोलाको लक्षणहरु:
संक्रमित व्यक्तिका शरीरबाट निस्कने तरल पदार्थ जस्तै रगत, दिसा, पिसाब, यौनरस, विर्य, पसिना लगायतबाट यो रोग सर्न सक्ने चिकित्सकहरु बताउँछन् । शरीरको भित्री अंग र चोटपटक लागेको ठाउँबाट पनि यो रोग सर्न सक्छ । भाइरस सरेको तीन हप्ताभित्र घाँटी खसखस गर्ने, खोकी लाग्ने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाली लाग्ने, आँखा रातो हुने जस्ता समस्या देखिन्छन् । चिकित्सकहरुका अनुसार रोगको संक्रमण देखिएपछि बाँच्ने सम्भावना निकै कम हुन्छ ।
कसरी बच्ने ?
शरीरमा भाइरस पसेपछि निको हुन गाह्रो हुने भएकाले पूर्व सावधानी नै इबोलाबाट जोगिने मुख्य उपाय हो । संक्रमित व्यक्तिसँग लसपस नगर्ने, एउटै ओछ्यान र भाँडाकुँडा प्रयोग नगर्ने, जुठो नखाने, शारीरिक सम्पर्क नगर्ने जस्ता व्यक्तिगत आनीवानीमा ध्यान दिएमा यो रोगबाट बच्न सकिने चिकित्सकहरु बताउँछन् ।
यस्तै अफ्रिकाबाट फर्किनेहरु तथा उनीहरुसँग नजिक रहेकाहरुमा आँखा रातो हुने, रुघाखोकी, ज्वरो, झाडापखला जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य जाँच गराउन पनि चिकित्सकको सुझाव छ । अफ्रिकामा इबोला भाइरसको संक्रमणबाट एकहजार भन्दा धेरैको ज्यान गैसकेको छ ।