Headlines News :
fb
Home » » श्वेताले भनिन् : मेरो सर्वश्व लुट्यो !

श्वेताले भनिन् : मेरो सर्वश्व लुट्यो !

काठमाडौँ । नायक श्रीकृष्ण श्रेष्ठ अब यो दुनियामा रहेनन् । उनको निधनले यतिखेर सिंगो नेपाली चलचित्र क्षेत्रनै शोकमा डुबेको छ । अझ भर्खरै मात्र श्रीसंग जिन्दगीको लामो यात्रा थाल्न हिडेकी उनकी धर्म पत्नी श्वेताको हविगत कस्तो भयो होला ? कल्पना गर्न मुश्किल छ । अहिले उनी कहिले होशमा आउने त कहिले बेहोश हुने अवश्थामा छिन ।

पछिल्लो समय हाल प्रदर्शनमा आएको चलचित्र कोहिनूरका कारण नजिकमा रहेका निर्देशक आकाश अधिकारीले श्वेताको मनोदशाका बारेमा दिएको अभिव्यक्ति यस्तो छ :

गएराति करिव साढे १२ बजेतिर मैले श्वेतालाई फोन गरेँ । ‘भाइ (श्रीकृष्ण श्रेष्ठ)को स्वास्थ्य अवस्था कस्तो छ ?’ फोन रिसिभ गर्नेबितिक्कै श्वेता रुन थालिन् । उनले भनिन् ‘दाइ अवस्था निकै ‘क्रिटिकल’ छ, डाक्टरहरुले आईसीयूमा राखेका छन् ।’

तरपनि मैले नआत्तिएर बस्न भने । भोलि बिहान हामी र घरपरिवार त्यहाँ आउँछौ चिन्ता नगर भनेँ । भाइ आईसीयूमा भएका कारण कुरा हुन सकेन । त्यतिबेला कुरा गर्न सक्ने अवस्थामा पनि हुनुहुँदो रहेनछ । तीन दिनअघि कुरा हुँदा रिकभर भइरहेको छ भन्दै हुुनुहुन्थ्यो ।
मैले सोचेको थिएँ उहाँ छिट्टै ठिक भएर आउनु हुनेछ । ८/१० बर्ष पहिले पनि गम्भीर बिरामी पर्नु भएको थियो । सवैको मायाले बाँच्नु भयो तर यतिबेला हाम्रो मायाले उहाँलाई बचाउन सकेन ।

विवाहपछि हनिमुनका लागि भारतको सिम्ला जानु भएको थियो । त्यहीँ विरामी पर्नु भएछ । पहिलेदेखि निमोनिया विरामी हो उहाँ । लामो खोकी लागिरहन्थ्यो । कोहिनुर फिल्मको सुटिङका बेला कहिले काँही खोकीका कारण सुटिङ नै रोक्नु पर्ने हुन्थ्यो । के भएको हो सोध्दा भन्नुहुन्थ्यो ‘दाइ ठूलो समस्या होइन, मलाई इन्फेक्सन भएको छ ।’ तर आज त्यही समस्याले उहाँ हामीबाट बिदा हुनु भएको छ ।

श्वेतासँग राति १२ बजे कुरा भएपछि म पनि रातभर सुत्न सकिनँ । बिहान ५ बजे खबर आयो उहाँ रहनु भएन । त्यसपछि फेरि मैले श्वेतालाई फोन गरेँ । उनले रुँदै भनिन् ‘दाइ मेरो सर्वश्व गुम्यो, अव कसरी बाँच्ने ?’ मैले पनि धेरै कुरा गर्न सकिनँ । मैले उनलाई यत्ति भने, ‘ १ बजेतिर दिल्ली आइपुग्छौँ ।’
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar