खोटाङ, श्रावण २० । खोटाङमा भान्छा छोएको निहुँमा एक युवकमाथि बञ्चरो प्रहार भएको छ । बञ्चरो प्रहारबाट युवक गम्भीर घाइते भएका छन् ।
विवाह भोजमा भान्छा छोएको भन्दै खार्मी–४ का २८ वर्षीय राजन दाहाल लगायत चारजनाको समूहले बञ्चरो प्रहार गर्दा खार्मी–५ का २३ वर्षीय पूर्णबहादुर श्रेष्ठ गम्भीर घाइते भएका हुन् ।
स्थानीय टंक बुढाथोकीको विवाहमा बुढाथोकी समुदायका लागि तयार गरिएको भान्छा छोएको आरोपमा श्रेष्ठलाई बञ्चरो प्रहार गरिएको हो ।
बञ्चरो प्रहारबाट पिठ्यू र दायाँ पाखुरामा गहिरो चोट लागेका श्रेष्ठको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । बञ्चरो प्रहार गर्ने चारैजना फरार रहेका प्रहरीले जनाएको छ । -