काठमाडौं, श्रावण २० । देशका विभिन्न ठाउँमा गएको बाढी–पहिरो पीडितहरुलाई सहयोग जुट्नेक्रम सुरु भएको छ । यसै क्रममा भुपालमानसिंह कार्की प्रज्ञा प्रतिष्ठानले सिन्धुपाल्चोकको मांखा गाविस तथा संखुवासभाको स्यावुनमा गएको पहिरो पीडितको राहतका लागि २ लाख रुपैयाँ सहयोग दिएको छ ।
प्रतिष्ठानले आज प्रेस विज्ञप्ति जारी गर्दै दैवीप्रकोप उद्धार तथा राहत कोषमार्फत् उक्त रकम उपलब्ध गराउने जानकारी दिएको हो ।
यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीहरुले एकमुष्ठ ४ लाख १५ हजार रुपैयाँ पहिरो पीडितलाई दिने निर्णय गरेको पनि अख्तियारले जनाएको छ ।
अख्तियारका प्रमुख आयुक्तबाट सात दिनको तलब, आयुक्तबाट ४ दिनको तलव, तथा कर्मचारीहरुबाट एक–एक दिनको तलब दिने निर्णय भएको अख्तियारले जनाएको हो ।
राजधानीमा विभिन्न संघ–संस्था तथा सर्वसाधारणले पनि दैवीप्रकोप पीडितका लागि राहत संकलन सुरु गरेका छन्. ।