Headlines News :
fb
Home » » संसदमा चर्कियो चरी प्रकरण, बचाउमा एमाले सांसदहरु

संसदमा चर्कियो चरी प्रकरण, बचाउमा एमाले सांसदहरु

काठमाडौं— हत्या अभियोगमा फरार रहेका गुन्डा नाइके दिनेश अधिकारी (चरी) लाई प्रहरीले 'इन्काउन्टर'मा हत्या गरेको विषयलाई लिएर सत्तारुढ एमाले सांसदहरुले बिहीबार संसदमा हंगामा गरेका छन्। प्रहरी 'इन्काउन्टर'मा भनिए पनि उनलाई काठमाडौंमै मारिएको एमाले सांसदहरुले जिकिर गरेका छन्।




'काठमाडौंमै हत्या गरी भीमढुंगा लगी सार्वजनिक गरिएको हो', बिहीबार संसदलाई सम्बोधन गर्दै एमाले सांसद राजेन्द्र पाण्डेले भने, 'प्रहरीले झुटो बोलेको छ। दोहोरो भिडन्त भएको ठाउँमा एक थोपा पनि रगत छैन।' चरिको गृह जिल्ला धादिङबाट संसदमा प्रतिनिधत्व गर्ने पाण्डेले काठमाडौं प्रहरी प्रमुख पुष्कर कार्कीलाई निलम्बन गरी छानवीन नगरेसम्म संसद चल्न नदिने चेतावनी दिए। गृहमन्त्रीले समयमै जवाफ नदिए हाउस चल्न नसक्ने चेतावनी उनले दिए।

अर्का एमाले सा‌सद गुरुप्रसाद बुर्लाकोटीले पुच्‍छरले ज्यान हल्लाउने जस्तो सरकारको औचित्य नभएको तर्क गरे।

गंगालाल तुलाधरले गैरन्यायिक तरिकाले हत्या गर्न नपाइने उल्लेख गर्दै गृहमन्त्रीले रोष्ट्रमबाट तत्काल जवाफ दिनुपर्ने माग गरे।

सभामुख सुवाषचन्द्र नेम्वाङले भोलिको बैठकमा यस विषयमा संसदलाई जानकारी गृहमन्त्रीलाई रुलिङ गरेका छन्।

बुधबार साँझ हत्याप्रयासको अभियोगमा फरार रहेका गुन्डा नाइके चरी प्रहरीसँगको मुठभेडमा मारिएका थिए। सातमहिनादेखि फरार उनीबुधबार साँझ५ बजे काठमाडौं, भीमढुंगाको नर्सरी सामुदायिक वनको सडकमा मारिएको विषयलाई लिएर एमाले नेताहरुले चर्को बिरोध जनाउँदै आएका छन्।

धादिङ एमालेका क्षेत्रीय नेता समेत रहेका चरीले पार्टीको चुनावमा नेपाल खेमाका राजेन्द्र पाण्डेलाई सघाएका कारण पछिल्लो समय अध्यक्ष केपी शर्मा ओली र बामदेव गौतमसँग निकट नरहेको बताइएको छ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar