काठमाडौं– प्रहरी इन्काउन्टरमा मारिएका चर्चित डन दिनेश अधिकारी ‘चरी’ की प्रेमिका खुश्वु ओलीले अर्पणको परिवारले उनको बेलायत अध्ययनको लागि सहयोग गरेको अर्पणको दाबी सरासर झुट भएको दाबी गरेकी छन् । नयाँ पत्रिका दैनिकसँग कुराकानी गर्दै उनले काठमाडौंको विजुली बजारमा एउटा घर भएको मान्छेले सहयोग गर्नै नसक्ने भन्दै प्रतिप्रश्न गरिन्,‘मैले चिन्दा अर्पणको परिवारको विजुलीबजारमा एउटा मात्रै घर थियो,त्यो पनि उनको होइन,बुबाको नामको । अनि उहाँले मलाई पढाउन त्यत्रो पैसा कहाँबाट कमाउनुभयो ?’उनले व्यापारको क्रममा बेलायत आउने जाने गर्ने गरेको भनेर अर्पणले गरेको दाबीको पनि खण्डन गरेकी छन् । उनले अर्पण भन्दा पहिले आफु बेलायत पुगेको दाबी गर्दै अर्पणको दाबी सरासर झुट र निराधार रहेको बताइन् ।
उनले आफ्नो परिवारले झापा र मोरङको जग्गा बेचेर आफुलाई पढाएको दाबी गर्दै उनले अर्पणको परिवारलाई उनलाई सहयोग गरेको प्रमाणका साथै बैंक स्टेटमेन्ट देखाउन चुनौती दिएकी छन् । ‘ड्याडीले मलाई पढाउन झापा र मोरङमा रहेको जग्गा बेच्नुभएको थियो । मसँग यो सबै रेकर्ड छ,बैंक स्टेटमेन्ट छ । म अर्पणको परिवारलाई एकपटक बैंक स्टेटमेन्ट देखाउन सक्नुहुन्छ भनेर प्रश्न सोध्न चाहन्छु । त्यती बेला उहाँ लण्डनमा पनि हुनुहुन्थ्यो अनि कसरी पठाउनुभयो यहाँबाट मलाई पैसा ? करोडौंको सम्पत्ती कहिल्यै पनि अर्पणसँग थिएन’ खुश्वुले अर्पणको परिवारले उनको अध्ययनका लागि सहयोग गरेको दाबीको खण्डन गर्दै नयाँ पत्रिकासँग भनेकी छन् । किन छाड्नि खुश्वुले अर्पणलाई ? खुश्वुले अर्पणसँस सम्बन्ध विग्रनुको मुख्य कारण आर्थिक भएको खुलासा गरेकी छन् ।
उनले अर्पणले जथाभावी खर्च गरेर पैसा सकाउने बानीले आफुलाई हैरान पारेको र विस्तारै त्यसले सम्बन्धलाई नै धराशयी बनाएको बताइन् । ‘पैसाको कारोवारलाई विगार्यो,अर्पणलाई । मेरो बुबाले अर्पणलाई दिनु भनेर हस्ताक्षरसहितको खाली चेक दिनुहुन्थ्यो । त्यति विश्वास गर्नुहुन्थ्यो । तर उसले ड्याडीको पैसा फिर्ता गर्दा २५ लाखको बाउन्स चेक दियो । अर्को चेक त झन् बाउन्स नै गराएका छैनौं । उसले विश्वासघात गर्यो । मेरो भिनाजुसँग विरगन्ज गएर एक करोड लिएर आएको थियो । तिरेन । तिर्न मनसाय पनि देखाएन । अर्पणको न आजसम्म व्यापार छ न व्यापार छ,न पैसा नै छ ।
हाम्रो हाम्रो रिलेसन टुटेको मुख्य कारण यो पनि हो । केटाहरु लिएर हिँड्ने खुवाउने । ‘अर्पण दाइ तपाई त’ भन्दै केटाहरु फुक्र्याउँथे । उ त्यत्तिमै रमाउँथ्यो । दरबारमार्गको एउटा फोन पसलबाट ५० जनाभन्दा बढीलाई आइफोन किनिदियो । त्यहाँ मात्र १५–२० लाख तिरेको होला । क्यासिनोमा झन् कति पैसा उडायो । जहिले गएर फाइभस्टारमा खानलाई त दिगो आउने आयस्रोत हुनुपर्यो नि । जो मान्छेसँग आफ्नो स्ट्यान्ड छैन,करिअर छैन,त्यस्तो मान्छेलाइ मैले कति चोटी चान्स दिने ?’अर्पणसँग सम्बन्ध टुट्नुको कारण आर्थिक मात्र हो कि अरु पनि हो भन्ने प्रश्नको जवाफमा खुश्वुले भनेकी छन् । खुश्वुले चरीलाई अर्पणले सहयोग गरेको कुरा समेत बाहियात भएको बताएकी छन् ।