Headlines News :
fb
Home » » भेरीको फेरी बन्द हुँदा जाजरकोटको यातायात अबरुद्ध

भेरीको फेरी बन्द हुँदा जाजरकोटको यातायात अबरुद्ध

हालसालै मात्र सडक यातायातसंग जोडिएको मध्यपश्चिमको दुर्गम जिल्ला जाजरकोट चल्ने सवारी साधन सुर्खेत जिल्लाको राकममा पर्ने भेरी नदीमा सञ्चालन गरिएको फेरी बन्द भएपछि अबरुद्ध भएको छ ।

सल्यानको सल्लीबजार–जाजरकोट जोड्ने खडकखण्डको एक मात्र मोटरबाटो अन्तर्गत भेरी नदीमा पानीको बहाव बढेसँगै फेरी बन्द भएपछि यातायात सेवा ठप्प हुँदा यात्रु मर्कामा परेका हुन् ।

फेरी सेवा बन्द भएपछि सल्लीबजार भएर जाजरकोट आवतजावत गर्ने यातायातका साधन भेरी वारिपारि रोकिएका छन् । फेरी बन्द भएपछि यातायातका साधन चल्न छोडेपछि सुर्खेत तथा जाजरकोटामा दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको छ ।

सवारीसाधन बन्द भएपछि नागरिक तथा घोडा खच्चरबाट मालसामान ढुवानी गर्दा उपभोक्ता चर्काे मूल्यमा सामान खरिद गर्न बाध्य भएका छन् । सुर्खेत, जाजरकोट, दैलेख र सल्यानका यात्रु उक्त बाटोबाट आवतजावत गर्ने गर्दछन् । बर्सातको समयमा बर्सेनि यस्तो समस्या आउने गरेकाले हरेक वर्ष यात्रुले समस्या झेल्नु परेको स्थानीय नागरिक चन्द्र बुढाथोकीले बताउनुभयो ।

राकममा भेरी नदीको पुल निर्माण सुरु भएको छ तर दुई वर्षभित्रै निर्माण पूरा गर्ने भनिए पनि उक्त पुल १० बर्ष बित्दा पनि पूरा भएको छैन ।

Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar