Headlines News :
fb
Home » » नरेन्द्र मोदीलाई १९ तोपको विशेष सलामी

नरेन्द्र मोदीलाई १९ तोपको विशेष सलामी


काठमाडौं : सरकारले नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई १९ तोपको विशेष सलामी दिने भएको छ।

साउन १८ गते आइतबार काठमाडौं आउन लागेका भारतका प्रधानमन्त्री मोदीको भ्रमण कार्यक्रमलाई सरकारले शुक्रबार सार्वजनिक गरेको छ।परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी मोदीको भ्रमण कार्यक्रम सार्वजनिक गरेको हो। मोदी भ्रमणको तयारीबारे परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जानकारी दिएका हुन्।

सत्र वर्षपछि हुन लागेको भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई सरकारले राजकीय सम्मान प्रदान गर्ने भएको छ।आइतबार बिहान विशेष विमानमा काठमाडौं आउने मोदीलाई स्वागत गर्न सुशील कोइराला विमानस्थलको अति विशिष्ट कक्षमा आफै जाने छन्। त्यहाँ उनलाई नेपाली सेनाले विशेष सम्मान गारत अर्पण गर्ने कार्यक्रम छ। विमानस्थलबाट मोदी सिधै बौद्धस्थित हायत होटलमा जाने कार्यक्रम छ।त्यहाँ केहीबेर आराम र ब्रिफिङपछि मोदी दिवाभोजमा सहभागी हुने कार्यक्रम छ। त्यसै दिन प्रधानमन्त्रीसँग भेटवार्ताको कार्यक्रम छ।

आइतबार अपरान्ह भारतीय प्रधानमन्त्री मोदीले संसद्लाई सम्बोधन गर्ने कार्यक्रम छ। आइतबार राति प्रधानमन्त्री सुशीलले मोदीमो सम्मानमा सोल्टीमा विशेष रात्रीभोजको आयोजना गरेका छन्।राष्ट्रपति र प्रधानमन्त्रीबाहेक सबैसँग होटलमै भेटघाटको प्रबन्ध मिलाइएको छ। सोमबार बिहान पशुपतिमा पूजाअर्चना गर्ने कार्यक्रम छ। त्यसका लागि मोदीसँगै केही पण्डितहरु काठमाडौं आउँदै छन्। त्यसपछि राष्ट्रपतिसँग भेटवार्ताको कार्यक्रम छ। त्यसै दिन दुई देशबीचमा औपचारिक केही समझदारी तथा सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम राखिएको छ।

मोदीको भ्रमणका लागि भारतीय सेनाका दुईवटा विशेष विमान काठमाडौं ल्याइने छ। सुरक्षालाई ध्यानमा राखेर हतियार जडित बुलेट पु्रफ विशेष कार पनि भारतबाटै ल्याइएको छ। मोदीको भ्रमण दलका सत्तरीजनाभन्दा बढी भारतीय अधिकारी तथा सदस्य संलग्न रहने बताइएको छ।

भारतीय प्रधानमन्त्रीबाट सत्र वर्षपछि नेपालको भ्रमण हुन लागेको हो। तत्कालीन भारतीय प्रधानमन्त्री इन्द्रप्रसाद गुजरालको भ्रमणपछि भारतका कुनै पनि प्रधानमन्त्रीबाट नेपालको भ्रमण भएको छैन। सरकारको नेतृत्व लिएर दुई महिनापछि नेपालमा हुन लागेको मोदीको भ्रमणलाई निकै महत्व र चासोका साथ हेरिएको छ।

साउन १८ र १९ गतेको मोदीको नेपाल बसाइको कार्यक्रम र समयतालिकाबारे सरकारले सुरक्षा निकायलाई पनि जानकारी दिएर त्यहीअनुसारको तयारी र सतर्कता अपनाउन निर्देशन दिइसकिएको छ।मोदीको भ्रमणका लागि सेनाको कमाण्डमा विशेष सुरक्षा टोली सरकारले परिचालित गरेको छ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar