काठमाडौं- प्रहरी मुठभेडमा मारिएको १० दिन पछि कुख्यात गुण्डा दिनेश अधिकारी 'चरी'को आज पोष्टमार्टम भएको छ। चरीको परिवारको माग अनुसार सरकार चरीको पक्षबाट १ चिकित्सक सहित पोष्टमार्टमको लागि राजि भए पछि आज शिक्षण अस्पताल माहाराजगञ्जमा पोष्टमार्टम भएको हो।
डा. हरिहर वस्तिको टोलीले चरीको पोष्टमार्टम गर्योआ। स्रोतका अनुसार मृत्युको कारण गोली लागि अत्याधिक आन्तरिक रक्तश्राव देखिएको छ। वस्तिको समूहले पोष्टमार्टम गर्दा उनिहरुसँगै मनमोहन मेमोरियल अस्पतालमा कार्यरत चिकित्सक रामकुमार अधिकारी पनि सँगै थिए। चिकित्सकले चरीको भिसेरा परिक्षणको लागि विधि विज्ञान प्रयोगशाला खुमलटार पठाउने भएको छ।
महानगरीय प्रहरी प्रमुख उत्तम कार्कीका अनुसार पोष्टमार्टम भए पनि परिवारले चरीको शव लिन भने अझै मानेका छैनन्। असोज २१ गते भिमढुंगामा चरी मारिएपछि प्रहरीले प्रतिकारमा मारिएको दावी गर्दै आएको छ भने चरीको परिवारले गैह्र न्यायीक हत्या भएको दावी गर्दै आएको छ। उनिहरुले हत्याको दावी गर्दै प्रहरीमा जाहेरी दर्ता गराउने प्रयास विफल भएपछि सर्वोच्च अदालतमा शुक्रवार रिट दायर गरेका थिए।
- See more at: