Headlines News :
fb
Home » » मनसुनमा यी कुराहरु खानुस्

मनसुनमा यी कुराहरु खानुस्

मनसुन भनेकै जताततै पानी पर्ने र हिलोमैलो हुने मौसम हो। यस मौसममा बहने हावाले विभिन्‍नु खालका शारीरिक समस्या निम्त्याउन सक्छ। साथै मानिसलाई बिरामी पनि बनाउन सक्छ।मनसुनका प्रमुख समस्या भनेकै ज्वरो आउने, संक्रमण हुने, खाना अपच हुने आदि हुन्।यस्तो समयमा आफूलाई स्वस्थ राख्‍न यस्ता खाना खान सकिन्छ :

तातो सुप : मनसुनमा लसुनको टुक्रा राखेर बनाएको सुप एकदमै फाइदाजनक हुन्छ। यसले चिसो तथा फ्लुबाट बच्न सहयोग गर्छ। साथै थकाइबाट मुक्त गराई शरीरमा चाहिने पर्याप्त न्यानोपन दिन्छ। सामान्य मानिसले जस्तो काम गर्न नसकेको महसुस भएमा लसुन हालेर बनाइएको सुप खाएमा फाइदा हुन्छ। घाँटीमा भएको खसखस तथा संक्रमणबाट पनि यसले छुटकारा दिन्छ। यो सुप खाँदा पेटलाई पनि आराम मिल्छ।

मसलासहितको कडा चिया : मनसुनमा मसलासहितको कडा चिया पिउनु उत्तम मानिन्छ। अलैंची र दालचिनी हालेको चियाले मनसुनमा शरीरलाई फाइदा गर्छ। मसलासहितको चियाले चिसोबाट बचाउनुका साथै घाँटी दुखेको निको पार्छ। मनसुनमा कतै लामो दूरीको यात्रामा जानु परेमा यस्तो चिया पिउँदा शरीरलाई फाइदा गर्छ।

पकौडा : मनसुनमा फ्रेस तथा तातोतातो पकौडा खाँदा रमाइलो हुन्छ। पानी परेको बेलामा एक कप तातो चियासँग पकौडा खाँदाको मज्जा नै बेग्लै हुन्छ। प्याजको पकौडा, हरियो खुर्सानीका पकौडा, भिन्डीको पकौडा, आलुको पकौडा, पनिर पकौडा या अन्य आफ्नो इच्छानुसारको पकौडाको स्वाद लिन सकिन्छ। तर, यस्तो मौसममा बाटोको छेउछाउ बेच्न राखिएका पकौडा नखाएकै राम्रो हुन्छ।

सी फुड नखानु राम्रो : सी फुडले यस मौसममा पेटमा संक्रमण गर्न सक्छ र फुड पोइजन हुनसक्छ। मनसुनमा यस्ता प्राणीको हुर्कने र बढ्ने समय हो। यस्तो मौसममा जतिसक्दो मौसमी तरकारी खानु नै उपयुक्त हुन्छ। सक्दो सलाद खानुपर्छ। सलाद खानुभन्दा पहिला नुन हालेको तातो पानीले राम्रोसँग सफा गर्नुपर्छ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar