काठमाडौँ,१ भदौ । प्रहरी इन्काउन्टरमा मारिएका डन दिनेश अधिकारी चरीको हत्यापछि विभिन्न हत्कण्ड अपनाउदै आएकी खुश्बु ओलीले फेरी अर्को हत्कण्ड अपनाएकी छिन । चरीको हत्या र उनीसंग आफ्नो सम्बन्धलाई लिएर निकै मिडिया पब्लिसिटीमा आइरहेकी खुश्बुको पछिल्लो हर्कतले त उनी यतिखेर कसरी हुन्छ,मिडिया पब्लिसिटी चाहन्छिन भन्ने कुराको पुष्टि भएको छ ।
चरीको निधनको शोकमा उनकी प्रेमिका खुश्वुले आफ्नो बालगृहका बालक तथा कर्मचारीको कपाल जबर्जस्ती मुण्डन गराएकी छिन् ।
उनले आफूले संचालन गर्दै आएको विशालनगरस्थित बालगृह सेल्टरमा आश्रीत बालक तथा कर्मचारीको कपाल मुण्डन गराएकी हुन् । चरी मारिएको भोलिपल्टै उनले बालगृहका २० भन्दा बढी बालकलाई एकै पटक कपाल मुण्डन गर्न लगाएकी छिन् ।
बालगृहका अध्यक्ष खुश्वुले चरी मारिएको भोलिपल्ट बाल र कर्मचारी सबैले मुण्डन गरेको बताईन । चरी बालगृहमा आइरहने भएकाले उनको सम्मानस्वरुप केटाकेटीले कपाल मुण्डन गरेको उनको भनाई छ । बालगृहमा सडक बालवालिका र कर्मचारी गरी ३५ जना छन् । उनले डेढ वर्षदेखि बालगृह संचालन गर्दै आएकी छिन् । उनका अनुसार बालगृह संचालन गर्न प्रतिमहिना २ लाख लाग्छ ।ahayatree.com बाट