Headlines News :
fb
Home » » सिमाना चेकजाच नहुँदा रुपन्देही ईबोलाको उच्च जोखिममा

सिमाना चेकजाच नहुँदा रुपन्देही ईबोलाको उच्च जोखिममा

रुपन्देही - प्राणघातक रोग इबोला अफ्रिकी मुलुक हुदै भारत सम्म आईपुगेका छ । नेपाल र भारतको लामो खुल्ला नाका मध्ये सबै भन्दा बढी पर्यटक भित्रयाउने रुपन्देहीको बेलहिया नाकामा कुनै प्रकारको स्वास्थ्य चेकजाच हुने ब्यावस्था नहुदा रुपन्देही मात्र हैन सम्पूर्ण मुलूक नै ईबोला रोगको उच्च जोखिममा पर्दै गई रहेको छ ।

 ईबोला भाइरस बाट जोगिन नेपाल भित्रिने व्यक्तिहरुको सीमाक्षेत्रमा स्वास्थ्य जाँचको व्यवस्था मिलाउने सरकारको दावी घोषणामै सीमित भएको छ । रुपन्देहीको सीमानाकामा हालसम्म यसको कुनै तयारी भएको छैनस्थल मार्ग हुदै सबै भन्दा पर्यटक भित्रयाउने नेपालकै ठुलो नाका रुपन्देहीको बेलहिया नाकाबाट स्वास्थ्य परीक्षण नगरी मानिस निर्वाध नेपाल आइरहेका छन् ।

शान्तीका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्न अफ्रिकी मुलुक मात्र हैन बिश्वकै करिब प्रत्येक मुलुकबाट यो नाकाले अत्याधिक पर्यटक भित्रयाई रहेको हुन्छ । यसरी कुनै स्वास्थ्य चेकजाच बिना पर्यटकहरु नेपाल भित्रिदा रुपन्देही मात्र हैन नेपाल नै ईबोला रोगको उच्च जोखिममा पर्न सक्ने पर्यटन ब्यावसायी समेत रहेका सिद्धार्थ नगर उद्योग बाणिज्य संघका अध्यक्ष बिष्णु शर्माले बताए ।

जिल्ला जनस्वास्थय कार्यालय रुपन्देही प्रमुख ऋषि लामिछनेसगँ सम्पर्क गर्दा उनले भने माथिबाट हामीलाई निर्देशन आएलग्त्तै हामी आफ्नो कार्य अगाडि बढाउन तयार रहेको बताउँदै यस रोगका बारेमा प्राविधिक टोली नहुँदा समस्या रहेको बताए । सरोकारवालाहरुको माग अत्याधिक रहेकोले चाडै नै यस क्षेत्रमा हेल्थ डेस्क राख्ने पहल भै रहेको उनले जनाए ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले केन्द्रको पहलमा स्थानिय स्तरबाट समन्वय गर्ने मात्र प्रशासनको काम भएको भन्दै पन्छिए ।

सिमानाका बेलहियामा भारत तथा तेस्रो मुलुकबाट आउने पर्यटकहरुको बारेमा चेकजाँच नगर्दा सर्वसाधरण त्रसित रहेको सिद्धार्थनगर उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष विष्णु प्रसाद शर्मा बताउँछन् । पर्यटकहरुको सम्पर्क सोझै पर्यटन व्यवसायीसगँ हुने हुदाँ आफुहरु यसको उच्च जोखिममा रहेको पर्यटन उनी बताउँछन् ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar