
बोगटीले आफू घटनामा संलग्न रहेको स्वीकार गरेका छन् भने घटनमा आयुश नाम गरेको साथि पनि संलग्न रहेको बताएका छन् । तर, आयुश को हो भन्ने प्रहरीले खुलाएको छैन ।
गत श्रावण ३० गते घरमा एक्लै रहेकी बालिकालाई काका नाता पर्ने रोशन बोगटी र उनका साथी आयुशले बलात्कार गरी हत्या गरेका थिए । हत्यापछि बालिकाको शवलाई स्थानीय करुणडोल सामुदायिक बनको खोल्सामा फालेर ढुंगाले र पतकरले छोपका थिए ।
प्रहरीले घटनामा चार/पाँच जनासम्म संलग्न रहेको हुनुपर्ने बताएको छ ।