काठमाडौं, श्रावण १९ । नेपालको दुई दिने भ्रमणमा हिजो काठमाडौं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति नाथमा आज विशेष पूजा आराधना गरेका छन् । पशुपति नाथको पूजा अराधनाका लागि उनी विहान साँढे ९ बजे मन्दिर प्रवेश गरेका थिए ।
करीब एक घण्टा लगाएर उनले विशेष पूजा गरेका थिए । आज साउने सोमवारको समेत अवसर परेकाले मोदीले शिव मन्दिरमा विशेष रुद्राभिषेक गरेका हुन् । यही क्रममा प्रधानमन्त्री मोदीले तीन करोड मूल्य बराबरको २५ सय केजी श्रीखण्ड पशुपति विकाश कोषलाई हस्तान्तरण गरे ।
मोदीको पूजाका लागि पशुपति क्षेत्र विकास कोषले विशेष व्यवस्था मिलाएको थियो । १०५ ब्राह्मणले वेद पढेर मोदीलाई पशुपतिनाथ मन्दिरमा स्वागत गरेका थिए । पूजा मूल भट्ट गणेशबाट गराइएको थियो ।
मोदीले पशुपति विकास कोषको सहयोगका लागि २५ करोड भारतीय रुपैयाँको सहयोग दिने बताइएको छ । उक्त रकमले मन्दिरमा चार सय जना अट्ने धर्मशाला बनाउने छ ।
मोदीको पूजाका लागि पशुपति क्षेत्र विकास कोषले विशेष व्यवस्था मिलाएको थियो । पूजा सकाएर मन्दिर बाहिर निस्किएपछि मोदीले पशुपतिको मूल ढोकादेखि केही माथिसम्म पैदलै हिड्दै सर्र्वसाधारणलाई पनि भेटेका थिए ।
भिडियोमा हेर्नुहोस्