काठमाडौं, साउन १८ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विशेष विमानबाट आउने भनिएपनि उनी भारतको एयरफोर्स विमानबाट नेपाल एयरपोर्टमा ओर्लिएका थिए । उनीसँगै भ्रमणका लागि आएका एक सय जनाको जम्बो टोलीमा सातजना मन्त्री रहेका छन् । एयरफोर्सकै विमान मात्र देखेपछि एकछिन त सञ्चारकर्मी पनि झुक्किएका थिए तर जब ती विमानबाट ओर्लेर विशिष्टकक्षका लागि हिँडे अनि मात्र प्रधानमन्त्री मोदी आइपुगेको सुँइको पत्रकारहरुले पाएका थिए ।
प्रधानमन्त्री मोदी नेपाल आएको केही मिटन पहिले मात्र नेपालका प्रधानमन्त्री सुशिल कोइराला, गृहमन्त्री वामदेव गौतम, संविधानसभाका अध्यक्ष सुभाष नेम्वांगलगायतका मन्त्री एयरपोर्ट पुगेका थिए । एयरपोर्टको विशिष्ठ कक्षमा उनीहरुले प्रधानमन्त्री मोदीलाई स्वागत गरेका थिए । विशिष्ट कक्षमा पाँच मिनट मात्र समय दिएका मोदी होटल ह्यात रिजेन्सी पुगेका छन् । होटलमा एक छिन अराम गरिसकेपछि उनले खाना खाने बताइएको छ । त्यसपछि भारतीय दुतावासका अधिकारीले कार्यक्रमहरुको बारेमा सामान्य ब्रिफ गर्नेछ । त्यसपछि मात्र उनी सिंहदरबार प्रस्थान गर्नेछन् ।
त्यहाँ उनले प्रधानमन्त्री सुशिल कोइरालाई भेट्ने छन् । कोइरालाई उनले दिउँसो २:३० देखि ३:०० बजेसम्म भेट्ने कार्यतालिका बनाइएको छ । ३ बजेदेखि अपराह्न ४ बजेसम्म मोदी सिंहदरबामा हुने द्धिपक्षीय वार्तामा सहभागि हुनेछन् । त्यहाँ दुई प्रधानमन्त्रीको उपस्थितीमा विभिन्न सम्झौतामा हस्ताक्षर हुनेछ । हस्ताक्षर कार्यक्रम सकिएलगत्तै मोदीले सभामुख सुवास नेम्वाङलाई भेट्ने कार्यक्रम बनाइएको छ । संसद् भवन बानेश्वरमा अपराह्न ४:३० देखि ४:४५ बजेसम्म सभामुख नेम्वाङसँग उनले भेट्ने छन् । मोदीले त्यसको केही बेरमै संसद्मा सम्बोधन गर्ने कार्यक्रम छ । मोदीले संसद्मा ४:४० देखि बेलुका ५:३० सम्म ४० मिनेट सम्बोधन गर्नेछन् । त्यसपछि मोदी हायत फर्कने र केहीवेर आराम गरेर भारतीय राजदुतावासद्वारा आयोजित स्वागत कार्यक्रममा सरिक हुनेछन् ।
त्यसपछि मोदी प्रधानमन्त्री सुशील कोइरालाले उनको सम्मानमा आयोजना गरेको रात्रिभोजमा सरिक हुनेछन् । मोदी त्यहाँ राति ८:०० देखि ९:३० सम्म रहने कार्यक्रम छ । रात्रिभोजपछि मोदी होटल हायत फर्कने कार्यक्रम छ । सोमबार भने मोदीले पुजाआजाबाट आफ्नो गतिविधी सुरु गर्नेछन् । मोदीले विहान ९:३० देखि १०:१५ सम्म पशुपतिमा दर्शन र पुजा गर्ने कार्यक्रम छ । त्यसपछि उनी हायात फर्कने र केहीवेरको आरमपछि राष्ट्रपतिसँगको भेटघाटका लागि राष्ट्रपति निवास जाने कार्यक्रम छ । ११:१५ देखि ११:४५ सम्म राष्ट्रपति यादवसँग भेट्ने मोदी त्यसपछि राष्ट्रपतिले आयोजना गरेको दिवाभोजमा सरिक हुनेछन् । दिवाभोजमा उनी ११:४५ देखि १३:०० बजेसम्म सामेल हुनेछन् ।
लगत्तै उनी हायात होटल जाने र विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट्ने कार्यतालिका बनाइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुरुमा भेट्ने मोदीले त्यसपछि प्रचण्ड र मधेसी दलका नेताहरसँग भेट्नेछन् । उनले दिउँसो ३:०० देखि ३:३० सम्म व्यापारिक समुदायलाई सम्बोधन गर्नेछन् । त्यसपछि उनी पाटन दरबार स्क्वायर अवलोकनका लागि जाने छन् । उनी पाटन दरबार स्क्वायरमा केही समय विताएपछि त्रिभुवन विमानस्थलका लागि अपराह्न ४:५० बजे प्रस्थान गर्ने र ५:३५ बजे बोइङ विजनेस जेटमार्फत दिल्लीका लागि प्रस्थान गर्ने कार्यक्रम बनाइएको छ ।

(भिडियोसहित)

.jpg)