सिन्धुपाल्चोक, १७ साउन, सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले भोटेकोशी र सुनकोशी नदी थुनिँदा ६ किलोमिटर माथि रहेको सानिमा हाइड्रोपावरको पावरहाउस यतिबेला पुरै डुबानमा परेको छ । विहान करिब ३ बजे गएको पहिरोले नदी नै थुनिएको करिब ८ घण्टापछि ६ किलोमिटर माथिसम्म पानी जमेर वरपरका बस्ती डुबानमा परेका हुन् ।
पानीको सतह बढ्दै गएकोले वरपरका बस्ती जोखिममा पर्दै गएका छन् भने पानी खोलिएपछि पहिरो भन्दा तलको बस्तीलाई पनि ठूलो क्षति हुने अनुमान गरिएको छ । प्रति सेकेण्ड १५० क्युसेकको गतिमा बगेको भोटेकोशीको पानीले निस्कासन नपाउँदा पानीको सतह तिब्र गतिमा बढि रहेको छ । गृहमन्त्रालयको निर्देशनमा सेना र प्रहरीले हेलिकोप्टरबाट ब्लाष्ट गराई पहिरो खोल्ने प्रयास गरिरहे पनि सम्भव हुन सकेको छैन । पहिरो ब्लाष्ट गरेर एकैपटक खोलिए पहिरो मुनिको नदी किनारको बस्ती झन जोखिममा पर्ने देखिएको छ ।

भिडियो हेर्नु होश