विराटनगर- सिन्धुपाल्चोक जुरेस्थित पहाडको ढिस्को खसेर सुनकोसी थुनिएपछि पूर्वाञ्चलका तीन जिल्लामा उच्च सतर्कता अपनाइएको छ। सुनकोसीको पानी पूर्ववत् रुपमा बग्न नपाएको खण्डमा सप्तकोसीमा मिसिने सम्भावना अत्यधिक रहेको र त्यसो भएको अवस्थामा व्यापकरुपमा धनजनको क्षति हुनसक्ने भएकाले सुनसरी, सप्तरी र उदयपुरमा उच्च सतर्कता अपनाइको हो।
यस सम्बन्धमा पूर्वाञ्चलका क्षेत्रीय प्रशासक महाश्रम शर्माले पूर्वाञ्चलका सुनसरी, सप्तरी र उदयपुर जिल्लामा आज बिहान बसेको सुरक्षा समितिको बैठकले सर्वसाधारणलाई सचेत गराउन माइकिङ गराउने, जनतालाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सार्नका लागि व्यापकरुपमा सुरक्षाकर्मी परिचालन गर्नेलगायतका निर्णय भएको बताए।
सुनसरीको प्रभावित क्षेत्रमा माइकिङसमेत भइरहेको र सप्तरी तथा उदयपुर जिल्लामा पनि माइकिङको तयारी भइरहेको जानकारी गराउँदै उनले प्रत्येक क्षणको वस्तुस्थितिलाई अध्ययन गर्न सुरक्षाका सम्पूर्ण निकायलाई सक्रिय अवस्थामा रहन निर्देश जारी गरिएको उल्लेख गरे।
थुनिएको स्थानबाट ढिस्को हटाइएपछि तीव्रगतिले पानीको बहाव भएको खण्डमा कोसी नदीको तटबन्ध र पुल भत्किन सक्ने सम्भावना रहेको र यसबाट सुनसरी, सप्तरी र उदयपुरका साथै भारत विहारका ५०० भन्दा बढी गाविस डुबानमा पर्ने सम्भावना देखिन्छ।