सुनसरी । कमाउन विदेश नै जानुपर्छ भन्ने मानसिकतालाई चुनौती दिने घटनाहरु समाजमा प्रशस्त देखिन थालेका छन् । यसक्रममा सुनसरीको धराननगरपालिका स्थित पाचकन्याका केही युवाहरु पनि अगाडि आएका छन् । देशकै माटोमा सुन फलाउन सकिन्छ भन्दै उनीहरुले कम्मर कसेका छन् ।
वैदेशिक रोजगारीमा गएर फर्किएका ४० जना युवाहरुले धरान र पाचकन्यामा व्यवसायिक कृषि फारम खोलेका छन् । विदेशमा भन्दा पनि स्वदेशमै केही गर्न उद्येश्यले उनिहरु कृषीकर्ममा लागेका हुन ।
दुई पटक गरी ६ बर्ष बहराइनमा सेक्युरिटी काम गरेर फर्केका मोहन बस्नेतले एकजना प्राविधिकसंगको साझेदारीमा कुखुरा पालन सुरु गरेका छन् । कुखुराबाट विदेशको भन्दा आम्दानी बढी भएपछि उनीहरुले यसै पेशालाई निरन्तता दिने सोच गरी धरान १५ निराजनवस्तीमा एउटा फर्म नै निर्माण गरेर कुखुरा पालन गर्न थालेका छन् । उनले स्वदेशमै केही गर्न चाहने
युवाहरुलाई प्रोत्साहन गर्न सके युवा जनशक्ति विदेशिनबाट रोकिने उनको तर्क छ ।
यस्तै तीन पटक मलेशिया तथा बहराइन पुगेर आएका राजन श्रेष्ठको भनाई समेत यस्तै छ । विदेश बसेर काम गर्दा पनि केही उपलब्धि नभएपछि साथीसंगको सल्लाहमा कुखुरा व्यवसाय थालेको बताउछन् ।
साझेदारीमा व्यवसायिक कुखुरा पालन गर्दै आएका पशु प्राविधिक सुमन कार्कीको समेत यही भनाई छ ।
यस्तै धरान १५का दुर्गा चेम्जोडले समेत व्यवसायिक बंगुर पालन गर्दै आएका छन् । दुईवटा बंगुरबाट सुरु गरेका उनको फर्ममा हाल ४० वटा बंगुर रहेका छन् । यसबाट बार्षिक २ देखि ३ लाख आम्दानी गर्ने व्यवसायी चेम्जोडको भनाई छ । यी त प्रतिनिधि पात्र मात्र हुन वैदेशिक रोजगारमा गएर हात लाग्यो शून्य भएपछि घर फर्केर स्वदेशमै कर्म गर्न तम्सेका युवाहरुको । यिनीहरु जस्तै धरान र पाचकन्यामा ४० भन्दा बढी युवाहरुले कृषि व्यवसाय, पशुपालन, कुकुरा पालन र
तरकारी खेतीमा संलग्न भएका छन् । (भिडियो हेर्नु होश )