सुर्खेत, श्रावण ३१ - बाढी पहिरोमा मध्यपश्चिमा ५५ जना बेपत्ता भएका छन् । १ सय ५३ जना बेपत्ता भएका छन् ।
क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका अनुसार सबैभन्दा बढी सुर्खेतमा २२ जनाको मृत्यु भएको छ भने ११९ जना बेपत्ता भएका छन् ।
सुर्खेत उपत्यकालगायत जिल्लाका तातोपानी, हरिहरपुर, तरंगा, बाबियाचौर, लाटीकोइली, उत्तरगंगा र सहारेमा भेरी, खोक्रे र इत्राम खोलाले ठूलो धनजनको क्षति पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक योगेन्द्र हमालका अनुसार सुर्खेतमा २२ जनाको मृत्यु भएको छ । सुर्खेतमा ११३२ घर बगाएको छ । त्यसमा २९६० जना विस्थापित भएका छन् । १६५ घर अझै जोखिममा छन् । विद्यालय ७ वटा बगाएको छ । ६५७ पशु मरेका छन् ।
मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरेशमान श्रेष्ठका अनुसार दाङमा ११, बर्दिया ६, रोल्पाको ४, सल्यान ३, रुकुम ३, जाजरकोट २, बाँके २ र कालिकोटमा १ जनाको मृत्यु भएको छ ।
प्रवक्ता श्रेष्ठका अनुसार मध्यपश्चिममा १ सय ३१ जना बेपत्ता भएका छन् । मध्यपश्चिम क्षेत्रभर झण्डै २ हजार घर बगाएको प्रहरीको प्रारम्भिक तथ्यांक छ ।