बम्बार्डियर, क्यानाडाद्वारा निर्मित सिआरजे२०० जहाज
नेपालको नयाँ हवाई कम्पनी सौर्य एयरलाइन्सको पहिलो जहाज आज दिउँसो काठमाडौं अवतरण गर्दैछ। बम्बार्डियर, क्यानाडाद्वारा निर्मित ५४ सिट क्षमताको सिआरजे २०० नेपालमा आन्तरिक उडान भर्ने पहिलो जेट प्लेन हुनेछ।
यसले नेपालको पाँच क्षेत्रिय सेक्टर धनगढी, नेपालगञ्ज, भैरहवा, विराटनगर र भद्रपुर र पर्वतिय (माउन्टेन फ्लाइट) उडान गर्ने सौर्यको वेवसाइटमा जनाइएको छ। सौर्य स्रोतका अनुसार जर्मनीबाट आइतबार उडेको जहाज दुवइ र जयपुर हुँदै सोमबार अपरान्ह नेपाल आइपुग्ने छ। आगामी सेप्टेम्बरको पहिलो सातादेखि यसले नियमित यात्रु तथा चार्टर उडान सुरु गर्नेछ।