Headlines News :
fb
Home » » ६३ वर्षपछि बहुलाएको ‘बबई'

६३ वर्षपछि बहुलाएको ‘बबई'

दाङ- दाङको मुहान भएर बग्ने बबई नदीले दाङलगायत विभिन्न जिल्लामा ५० बढीको ज्यान लियो। दाङबाट बग्न सुरु गर्ने बबई नदीले शुक्रबारदेखि आइतबारसम्म दाङ, सुर्खेत र बर्दियामा ५१ जनाको ज्यान लिएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जानकारी दिएका छन्। सैयौं बेपत्ता छन्। हज्जारौं घरपरिवार बिस्थापित बनेका छन्।


दाङ मुहान क्षेत्र रहेको बबई सल्यान, सुर्खेत, बर्दिया हुँदै भारत पस्छ। जिल्ला प्रशासन कार्यालयका अनुसार सुर्खेतमा २३,बर्दियामा १५ र दाङमा १३ जनाको ज्यान बबईको बाढीले लिएको छ।
बबई नदीले यसअघिका वर्षमा यति धेरै ठूलो विपत्ति निम्त्याएको थिएन। स्थानीय यहाँका बुढापाकाका अनुसार बबई नदीमा यस वर्ष आएको बाढी ६३ वर्षपछि यति भयावह भएको हो। उनीहरुका अनुसार सुरुमा २००८ सालमा बबईले जिल्लामा उत्पात मच्चाएको थियो। त्यसयता २०२८ सालमा पनि बबईको बहाब निकै थियो। तर यस वर्षको जती भयावह भने भएको थिएन।
उरहरी-६ मोतिपुरका ७० वर्षीय रामशरण चौधरीले आफू सात वर्षको हुँदा बबईको बाढी अत्यधिक ठूलो देखेका थिए। त्यो वर्ष पनि बबई नदीले धनजनको ठूलो क्षेति निम्ताएको थियो। ‘६३ वर्षअघि ठूलो नदी आएको थियो,' उनले भने, ‘त्योभन्दा पछिका वर्षमा यति ठूलो कहिल्यै आएको थिएन।'
उनले आफूले थाहा पाउने भएदेखि बबईको किनारमै बस्दै आएको बताउँछन्। ६३ वर्ष अघिको बाढीले पनि खुशीरामको परिवार बिस्थापित बनेको थियो।
जिल्ला सदरमुकाम घोराहीदेखि उत्तरी क्षेत्रमा पर्ने महाभारत शृंखलाबाट झरेको बबई नदी गर्मी मौसममा सुख्खा हुन्छ। घोराहीको थोरै दक्षिण पूर्व भएर बग्ने यो नदी सामान्य खोलाजस्तै देखिन्छ। वर्षायाममा जिल्लाका अन्य खोलाभन्दा यसको बेग अत्यन्त बढ्ने गर्छ। मुहान क्षेत्र भएका कारण पानीको बहाब कम भएकाले घोराही आसपासका क्षेत्रमा बबई नदीले कुनै क्षेती पुर्यारएको छैन। घोराही लमही सडक खण्डमा पर्ने यो नदीले यो खण्डको यातायात क्षेत्र भने प्रभावित बनाएको थियो। यो सडक खण्डको बबई नदीमा पुल नभएका कारण यातायात सेवा दुई दिनसम्म ठप्पै भएका थिए। तर यो क्षेत्रमा कुनै मानवीय क्षति भने गरेन।
घोराहीदेखि पश्चिमतर्फ बग्ने बबई नदी जति पश्चिम उति बढी भयावह बन्दै जान्छ। महाभारत तथा चुरेबाट झर्ने सबै खोलाहरु यही नदिमै मिसिन्छन्। जसका कारण पश्चिम क्षेत्रमा यसको बहाब उच्च बन्दै जान्छ। यसपटकको बाढीले पनि जिल्लाको जति पश्चिम क्षेत्र उतिनै बढि क्षेती पुर्याषएको छ।
जिल्लाको घोराही र तुलसीपुरको मध्य क्षेत्रदेखि दक्षिणमा पर्ने डुरुवा गाविसदेखि यसपटकको बबईले ठूलो क्षति निम्त्याउन सुरु गरेको छ। यो गाविसदेखि पश्चिम पर्ने नदी आसपासका क्षेत्र सबै डुबानमा परे। फूलवारी, उरहरी, गोल्टाकुरी, श्रीगाउँ, धनौरी, पुरन्धारा गाविसका सैयौं परिवार यसपटकको बबई नदीले बिस्थापित बने। दाङ क्षेत्रमा बबई नदी झण्डै ४० किलोमिटर लम्बाईमा छ। यसैगरी सल्यानको झण्डै ५ किलोमिटर बबईले छुन्छ भने सल्यान जिल्ला पार गरेपछि सुर्खेत हुँदै बर्दियाबाट भारतमा मिसिन्छ।
यसैगरी यो पटकको बबई बाढीले जिल्लामा मात्रै १३ जनाको ज्यान लियो भने ४ जना अहिले पनि बेपत्ता छन्। उता सुर्खेतमा १ सय २९ र बर्दियामा १६ जना हराइरहेको बताइएको छ।
दाङ सुर्खेत हुँदै बर्दिया निस्कने बबई नदी बीचमा पर्ने अन्य खोलाको बाढी मिसिने भएकाले यसको बहाब सुर्खेत र बर्दिया क्षेत्रमा झनै ठूलो र भयावह हुने गर्छ। जसका कारण बबईले सुर्खेत र बर्दियामा झनै ठूलो विपत् निम्त्याएको छ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar