रिनो - अमेरिकाको नेभेदामा एउटा विमान ट्रकसँग ठोक्किएको छ। इन्जिनमा समस्या आएपछि सडकमै आकस्मिक अवतरण गर्दा ट्रकसँग ठोक्किएको हो।
विमानमा दुईजना सवार थिए भने दुई जना नै ट्रकमा पनि थिए। विमान दुर्घटनामा कसैलाई पनि केही भएन। यतिसम्म कि कसैलाई पनि अस्पतालसम्म पुर्याउन परेन।
दुई लेनको नाभेदा रुट ४४५ मा दुर्घटना भएको हो। नाभेदा हाइवे पेट्रोल केभिन होन्याका अनुसार यो रिनो सहरबाट ३२ किलोमिटर टाढा हो। दुर्घटनामा परेका चारै जनालाई सामान्य चोट लागेको छ। उनीहरु सबै सजिलै भाग्न सफल भए। 'तपाँइले प्लेन भर्सेस कार त सुन्नुभएको होला तर यो तपाँइले सोचेभन्दा धेरै खराव थियो,' होन्याले भने, 'कसैलाई पनि अस्पताल पुर्याउन नपरेको सुनाउँदा म खुशी छु।'
फेडरल एभिएसन प्रशानका प्रवक्ता एलियन किन्जरले विमानको इन्जिन रोकिएको जानकारी दिए। विमान उड्नासाथ इन्जिनमा समस्या आएको थियो। सिंगल इन्जिनको यो विमान सन् २०११ मा फेड्रिक रोस्चर कम्पनीले बनाएको थियो।