Headlines News :
fb
Home » » जित कसको ?

जित कसको ?

 काठमाडौं, आषाढ २४ । ब्राजिलमा जारी विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेलमा भोलि बिहान पौने २ बजे ब्राजिल र जर्मनी भिड्दै छन् । स्टार फरवार्ड नेमार र कप्तान तथा डिफेन्डर थियागो सिल्भाको अनुपस्थितिमा ब्राजिल केही कमजोर हुने अनुमान गरिएको छ ।

कोलम्बिया विरुद्धको क्वार्टरफाइनल खेलमा घाइते भएका नेमारले विश्वकपका बाँकी खेलहरु गुमाएका छन् भने दोहोरो पहेंलो कार्ड खाएका सिल्भाले पनि जर्मनी विरुद्धको महत्वपूर्ण सेमिफाइनल भिडन्त गुमाएका छन् । यी दुई खेलाडीको ठाउँमा शुरुआती ११ मा पर्ने खेलाडीहरुको प्रदर्शनमा ब्राजिलको भाग्य निर्भर हुनेछ ।

हल्क, फ्रेड, जो, बर्नाड जस्ता फरवार्डहरुको साथ भएको ब्राजिलियन टोलीका मिडफिल्डरहरुले पनि खासै गोल गर्न सकेका छैनन् । यस्तोमा जर्मनी विरुद्धको खेल आयोजक टोलीको लागि निकै दबाबपूर्ण हुन सक्छ ।

उता, जर्मनीका लागि कीर्तिमानी गोलको प्रतिक्षामा रहेका मिरोस्लाभ क्लोजले खासै राम्रो प्रदर्शन गर्न सकेका छैनन् भने समूह चरणमा पहिलो ह्याट्रिकसहित चार गोल गरेका थोमस मुलर पनि पछिल्लो समय अताल्लिएका छन् ।

सन् २०१० को विश्वकपमा आकर्षक फुटबल खेलेका लुकास पोडोल्स्कीले यसपटक सहभागितालाई औपचारिकता दिएजस्तोमात्र गरेका छन् । यस्तोमा ब्राजिल विरुद्धको खेलमा तीनै जना जर्मन खेलाडीले ‘गर या मर’को खेल खेल्छन् कि उपस्थितिमात्र जनाउँछन् खेलपछि नै समीक्षा हुनेछ ।

यो खेललाई जारी विश्वकपको अघोषित फाइनलमा रुपमा हेरिएको छ । विश्वकपमा अहिलेसम्मका २१ भिडन्तमा ब्राजिल १२ पटक विजयी हुँदा जर्मनीले केवल चार खेलमात्र जितेको छ ।

त्यसैगरी, पाँच खेल बराबरीमा सकिएका छन् । सन् २००२ को विश्वकपको फाइनलमा जर्मनीलाई नै हराएर ब्राजिलले उपाधि जितेको थियो । विश्वकपको इतिहासले ब्राजिललाई बलियो देखाएपनि परिस्थितिले भने जर्मनी सशक्त देखिएको छ ।

पाँच पटकको विश्वविजेता ब्राजिल आफ्नै भूमिमा छैटौं उपाधिको खोजीमा रहँदा तीन पटकको च्याम्पियन जर्मनी पनि सन् १९९० पछि पहिलो पटक उपाधि उचाल्ने प्रयासमा छ ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar