२३ असार, प्युठान । फोन र फेसबुकबाट अर्काको श्रीमतीलाई धम्काउने तीन युवा प्रहरीको फन्दामा परेका छन् । उत्तरी प्युठानको लुङ-६ वाहानेका हीराबहादुर बुढामगर, विक्रम बुढामगर र खवाङ-८ प्युठान घर भई धर्मावति-१ वाग्दुलामा बस्ने एकान्त झाँक्रीमगरलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले फेसबुकमार्फत धम्काउने तथा सैघाँली श्रीमतीको फेसबुकमा अश्लील फोटो राखेको आशङ्कामा युवालाई पक्राउ गरेको प्युठानका प्रहरी नायब उपरीक्षक दीपक रेग्मीले बताए । पक्राउ परेका युवाको फोन काण्डमा संलग्नता रहेको पुष्टी भए पनि फेसबुककाण्डका बारेमा अनुसन्धान जारी छ ।
उनीहरुमाथि अन्दाजी २५ वषर्ीया जागिरे महिलाको फेसबुकमा अरु कसैको नाङ्गो फोटोमा उनको टाउको जोडी फेसबुकमा फोटो राख्ने र सैघाँलीको फेसबुकमा फोटो पठाएको आरोप छ ।
