.jpg)
श्रेष्ठले आफुलाई कुटपिट गरे लगत्तै महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआईजी केशव अधिकारीलाई फोन गरेर जानकारी गराएको थापाले बताइन्। अधिकारीले थापामाथिको कुटपीट अस्वीकार गरे। थापाका श्रीमान समेत प्रहरी जवान हुन् र उनी उपत्यका बाहिर खटिएका छन्।
थापाले श्रेष्ठले आफू गर्भवती भएको थाहा पाउँदा पाउॅदै कुटपिट गरेको बताइन्। उनले अरु महिला प्रहरीले जस्तै आफूले पनि विदा पाउनु पर्ने बताएपछि पिटिएको बताइन्। उनले भनिन, 'म जागिर छाडन तयार छु , तर मैले न्याय पाउनु पर्यो।'
चिकित्सकले आफुलाई दिएको सल्लाहबारे श्रेष्ठलाई जानकारी दिएको तर उनले अपशब्द प्रयोग गरेको थापाले बताइन्। श्रेष्ठले थापालाई हातमा समातेर घिसारेको स्रोतले बताएको छ। तर, महाशाखा भने श्रेष्ठलाई जोगाउन लागि परेको पीडितकी एक सहकर्मीले अन्नपुर्णलाई बताइन्।श्रेष्ठले आक्रोशित हुँदै आफूले कुटेको बारे महाशाखाका एसपी वसन्त पन्तलाई उजुर गर्न आग्रह गरेकी थिइन्।