पेनाल्टी सुटआउटमा नेदरल्याण्ड्सलाई ४-२ ले पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनल प्रवेश गरेको छ । १२० मिनेटसम्म गोलरहित बराबरी खेलेपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो ।अर्जेन्टिनाले फाइनलमा जर्मनीसँग खेल्नेछ । जर्मनी आयोजक ब्राजिललाई ७-१ ले हराउदै फाइनल प्रवेश गरेको थियो ।
अर्जेन्टिनालाई विजेता बनाउन किपर रोमेरोले दुई महत्वपूर्ण बचाउ गरे । उनले नेदरल्याण्ड्सका भ्लार र स्नेइडरको पेनाल्टी रोके ।
