सन् १९५० समूह चरण (अमेरिका १, इङ्ल्यान्ड ०)
विश्वकपको इतिहासमा यो खेललाई सबैभन्दा ठूलो आश्चर्यजनक नतिजा आएको खेलमा लिइन्छ। विश्व फुटबलकै महारथी इङ्ल्यान्डलाई अमेरिकी एमेच्योर खेलाडीको समूहले हराएका कारण यो खेलले धेरै चर्चा पाएको थियो।
सन् १९५० फाइनल (उरुग्वे २, ब्राजिल १)
अहिलेभन्दा फरक पद्धतिमा भएको प्रतियोगिताको अन्तिम खेलमा ब्राजिललाई उपाधि उचाल्न बराबरी पर्याप्त थियो। तर उरुग्वेले अनपेक्षित रूपमा घरेलु टोलीलाई निराश पार्योउ।
सन् १९५४ फाइनल (पश्चिम जर्मनी ३, हंगेरी २)
प्रतियोगिताको अघिल्लो चरणमा तत्कालिन समयको फुटबलमा तहल्का मच्चाएको हंगेरीले पश्चिम जर्मनीलाई ८–३ को नतिजामा हराएको थियो। जसका कारण टोलीलाई उपाधिको मुख्य दाबेदारमा लिइएको थियो। तर हेल्मट राहनले समय सकिन ६ मिनेट बाँकीमा निर्णायक गोल गरेपछि जर्मन टोलीले आश्चर्यजनक नतिजा हात पार्योस।
सन् १९६६ समूह चरण (उत्तर कोरिया १, इटाली ०)
विश्व फुटबलले राम्ररी चिन्नसमेत नभ्याएको नवप्रवेशी टोली उत्तर कोरियाले स्टार खेलाडीले भरिपूर्ण इटालीलाई समूह चरणमा हराएर विश्वव्यापी चर्चा बटुल्यो।
सन् १९७४ समूह चरण (पूर्वी जर्मनी १, पश्चिम जर्मनी ०)
त्यो खेललाई पुँजीवादविरुद्ध कम्युनिजमको प्रतिस्पर्धामा लिइएको थियो। जहाँ योर्गन स्परवासरले गरेको एउटै गोल पूर्वी जर्मनीका लागि आयोजक पश्चिम जर्मनीलाई हराउन पर्याप्त भयो।
सन् १९८२ समूह चरण (अल्जेरिया २, पश्चिम जर्मनी १)
उत्तरी अफ्रिकाको टोलीले महारथी पश्चिम जर्मनीलाई स्तब्ध पार्योश। जवाफमा समूहको अर्को खेलमा जर्मनीले अस्ट्रियाविरुद्ध मिलेमतो गरेको खेलमा १–० को जित निकाल्यो। जुन नतिजाले जर्मनी र अस्ट्रिया अघिल्लो चरणलाई छानिए भने अल्जेरिया प्रतियोगिताबाट बाहिरियो।
सन् १९९० समूह चरण (क्यामरुन १, अर्जेन्टिना ०)
फ्रान्सियोस ओमाम बियिकले ६७औं मिनेटमा गरेको गोल क्यामरुनका लागि साविक विजेतामाथि विजय पाउन पर्याप्त भयो। त्यही जितको जोशमा अफ्रिकी टोलीले क्वार्टरफाइनलसम्मको यात्रा तय गर्योप।
सन् १९९४ समूह चरण (आयरल्यान्ड १, इटाली ०)
विश्वकपमा इटालीले भोगेको यो अर्को स्तब्ध नतिजा थियो। रे हगट्नको एउटै गोल कमजोर मानिएको आयरल्यान्डलाई जित दिलाउन पर्याप्त भयो। तीनपटकको विश्वकप विजेता इटाली त्यो विश्वकपको फाइनलसम्म पुगेर ब्राजिलसँग टाइब्रेकरमा पराजित भएको थियो।
सन् २००२ समूह चरण (सेनेगल १, फ्रान्स ०)
अफ्रिकी टोलीले साविक विजेतामाथि सनसनीपूर्ण विजय पाएको यो लगातार दोस्रो विश्वकप थियो। पेपे बौवा डिउफले गरेको एउटै गोलमा सेनेगलले साविक विजेता फ्रान्सको यात्रामा तगारो हालेको थियो।
सन् २०१४ सेमिफाइनल (जर्मनी ७, ब्राजिल १)
६ मिनेटको बीचमा जर्मनीले ४ गोल गरेपछि विश्वकप फुटबल इतिहासकै सबैभन्दा आश्चर्यजनक नतिजा सम्भव भयो। घरेलु मैदानमा छैटौं उपाधि जित्ने लक्ष्य बनाएको ब्राजिलले भोगेको यस्तो फराकिलो हार जर्मन खेलाडीका लागि पनि आश्चर्यजनक थियो।
सेमिफाइनलका ठूला हार
(जर्मनी ७, ब्राजिल १) ब्राजिल, २०१४
(अर्जेन्टिना ६, अमेरिका १) उरुग्वे, १९३०
(उरुग्वे ६, युगोस्लाभिया १) उरुग्वे १९३०
(पश्चिम जर्मनी ६, अस्ट्रिया १) स्विट्जरल्यान्ड, १९५४
(हंगेरी ५, स्विडेन १) फ्रान्स, १९३८
(ब्राजिल ५, फ्रान्स २) स्विडेन १९५८
fb