सहरमा शनिबार पनि आक्रमण जारी रहेको अधिकारीहरुले जनाएका छन्। इजरायली तर्फबाट जारी सो अक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या प्रतिदिन बढ्दो रहेको छ।
शनिबार बिहान भएका आक्रमणहरुमा पनि कम्तीमा पनि १६ जनाको ज्यान गएको अर्को एक समाचारमा जनाइएको छ। प्राप्त समाचारअनुसार सो हमलामा परी अरु पनि केही नागरिक घाइते भएका छन् तर पछिल्लो आक्रमणहरुको बारेमा पूर्ण समाचार भने आएको छैन।
अधिकारीहरुले १२१ प्यालेस्टाइनीको मृत्यु भएको र हमासले इजरायलको मध्यभागमा रकेट आक्रमण गरेको जनाएका छन्। शनिबार बिहान गाजा सिटीको नजिकैैको एक सहर तुफाहमा आक्रमण भएको छ।
पाचौँ दिनका आक्रमणमा पनि ठूलो जनधनको क्षति पुगेको जनाइएको छ। तर त्यस बारेमा पूर्ण विवरणहरु प्राप्त भएका छैनन्।
गाजा सिटीको दक्षिणतर्फ केही सातासम्म रकेट प्रहार भएपछि इजरायलले आफ्नो धैर्य गुमाएको छ र हमासमाथि कडा प्रहार गर्न थालेको छ । इजरायली प्रधानमन्त्री बेन्नामिन नेतान्याहुले युद्धविरामको वार्ताको विषय पनि हाल अगाडि नआएको बताए।
गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता असरफ अल क्वार्दाले आक्रमण जारी रहेको भन्दै शनिबार भएका आक्रमणमा परी पूर्वी गाजामा १६ को ज्यान गएको जानकारी दिए।
गाजाको उत्तरी सहर जेबालियामा पनि आक्रमण भएका र ती क्षेत्रमा भएका आक्रमणमा केही व्यक्ति हताहती भएको समाचार आएको उनले जानकारी दिए।
मध्यस्थताका लागि कतैबाट प्रस्ताव नआएको र जसका कारण दिनहूँ आक्रमणहरु जारी रहेको बताइएको छ। तर शुक्रबार वासिङटनले दुवै पक्षबीच युद्धविरामका लागि सहयोग प्रस्ताव राखेको छ।
इजरायल तथा हमास लडाकूबीचको सङ्घर्षबाट समयभन्दा बढीको ज्यान गएपछि यसबीच सङ्घर्ष अन्त्य गर्न कूटनीतिक प्रयास सुरु भएको बताइएको छ। तर शुक्रबारको अमेरिकी सो प्रस्तावपछि पनि आक्रमण भने रोकिएको छैन। रासस/एएफपी
.jpg)
