Headlines News :
fb
Home » » भान्सामै भेटियो चितुवा

भान्सामै भेटियो चितुवा

 गोरखा- गोरखा सदरमुकामस्थित एक घरमा छिरेको चितुवा जिल्ला वन कार्यालयले चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ। गोरखा नगरपालिका–६ स्थित चन्द्रनारायण श्रेष्ठको घरमा पसेको चितुवा सोमबार निकुञ्ज टोलीले नियन्त्रणमा लिएको हो।

बिहान ८ बजे खाना खान लाग्दा श्रेष्ठका सातवर्षीय छोरा रितिकाले भान्साको खाटमुनि चितुवा देखेका थिए। त्यसपछि श्रेष्ठले चितुवालाई भान्सामा थुनेर जिल्ला वनलाई खबर गरे। वन कार्यालयको टोली श्रेष्ठको घर पुग्यो। उनीहरूले गोरखामा चितुवा विशेेषज्ञ नभएको भन्दै चितवन राष्ट्रिय निकुञ्जलाई खबर गरे। आठ घन्टापछि निकुञ्ज टोली गोरखा आइपुग्यो।

यसबीच उक्त टोलमा चितुवा हेर्नेको ठूलै भिड जम्मा भइसकेको थियो। सर्वसाधारणदेखि विभिन्न कार्यालयका कर्मचारी त्यहीँ झुम्मिएका थिए। सोमबार साँझ ५ बजेतिर निकुञ्जको विशेषज्ञ टोलीले चितुवा नियन्त्रणमा लिएको थियो। चितुवालाई चितवन राष्ट्रिय निकुञ्ज लगिएको जिल्ला वन अधिकृत दुर्गाबहादुर कार्कीले बताए।

यसअघि पनि जिल्लाको विभिन्न ठाउँमा भेटिएका चितुवा चितवन राष्ट्रिय निकुञ्ज लगेर छाडिएको थियो। जंगलमा आहारा नभेटिएपछि चितुवा बस्ती छिर्ने विशेषज्ञ बताउँछन्। वन अधिकृत कार्कीका अनुसार अहिले जिल्लामा चितुवाको संख्या बढेको छ।

चितवन राष्ट्रिय निकुञ्जका पशुचिकित्सक डा. चित्रबहादुर खड्काले पछिल्लो समय पहाडी जिल्लामा चितुवा बस्ती छिर्ने घटना बढेको जानकारी दिए। 'जंगलमा आहारा नपुगेपछि चितुवा कुकुर, कुखुराजस्ता घरपालुवा जनावरको खोजीमा बस्ती छिर्छन्,' उनले भने, 'जंगलमा डढेलो लाग्ने क्रम बढेपछि घाँसपात खाएर हुर्कने जनावर हुर्कन पाउँदैनन्। यसो हुँद चितुवाको आहारा घट्छ।'
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar