Headlines News :
fb
Home » » साँढेको निहुँमा रक्सीको डुबान (फोटोफिचर सहित)

साँढेको निहुँमा रक्सीको डुबान (फोटोफिचर सहित)

 स्पेनको चर्चित साँढे दौडको बारेमा सुन्नु भएकै छ होला । हरेक वर्ष त्यहाँ ८ दिने साँढे दौड हुन्छ । उत्सवकै रुपमा मनाउने गरिन्छ, साँढे दौड पर्व ।


उक्त उत्सवमा साँढे दौडको रोमाञ्चकता त हुन्छ नै, अर्को रमाइलो पक्ष भने त्यसको सुरुवात नै रक्सी स्नानबाट हुन्छ । यो पर्वको उद्घाटनका अवसरमा मानिसहरुले एक अर्कामा वाइट खन्याउँछन्, अर्थात् मान्छेले वाइनले नुहाएर साँढे दौडको उद्घाटन गरिन्छ ।

पमपलोला सहरमा वर्षेनी आयोजना हुने साँढे दौड पर्व यो वर्ष जुलाई ६ का दिन सुरु भयो । सधैझैँ स्थानीयले एक अर्कामा वाइन खन्याएर पर्वको सुरुवात गरे । इतिहास अनुसार स्पेनको यो साँढे दौड पर्वको सुरुवात १४ औँ सताब्दीमा भएको हो ।

१४ जुलाई सम्म चल्ने यो साँढे दौड पर्वको पहिलो दिन मात्र होइन सबै दिनमा वाइन उत्तिकै प्रयोग हुन्छ र आठै दिन सहर रक्सीमा डुबुल्की मार्छ । हरेक दिन रातको ८ बजे साँढे दौडको आयोजना गरिन्छ ।



Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar