Headlines News :
fb
Home » » २ रुपैयाँको झगडाले १० वर्ष जेल

२ रुपैयाँको झगडाले १० वर्ष जेल

 धुलिखेल : भाडाको विषयमा विवाद हुँदा कुटपिट गरि हत्या गर्ने एक सहचालकलाई जिल्ला अदालत काभ्रेले दश वर्षको कैद सजाँयको फैसला सुनाएको छ।

जिल्ला न्यायाधिश गोपालप्रसाद बास्तोलाको ईजालशाले बसमा चढेका यात्रुले दुई रूपैया भाडा नदिएको निहुँमा कुटपिट गरि हत्या गर्ने बसका सहचालक अजय केसीलाई जिल्ला अदालत काभ्रेले मंगलबार दश वर्षको कैद सजाँय सुनाएको जिल्ला अदालत काभ्रेका स्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिए।

गत बैशाख ११ गते बुधबार काभ्रे मिनी बस सेवा समितिको पनौती - काठमाडौँ चल्ने बा २ ख ३३६४ नम्बरको बसका सहचालक केसीले बसमा यात्रा गरेका पनौती नगरपालिका ७ का १८ वर्षिय श्याम नापितले लाग्ने भाडामा दुई रूपैँया कम दिएपछि उनीहरूबिच झगडा सुरु भएको थियो।

झगडा बढ्दै गएपछि बसका सहचालक केसीले नापितलाई कुटपिट गरेपछि उनको मृत्यु भएको थियो।  पिडित परिवारले केसीलाई सर्वस्वसहित जन्मकैदको माग गर्दै जाहेरी दिएका थिए ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar