Headlines News :
fb
Home » » यी हुन् विश्वकी सबैभन्दा अग्ली किशोरी

यी हुन् विश्वकी सबैभन्दा अग्ली किशोरी

 
भलै उनी निकै दुर्लभ वंशाणुजन्य रोगबाट ग्रसित छिन् तर गिनिज बुकमा नाम लेखाउन सफल भएकी छिन् । टर्कीकी १७ वर्षीया रुमेसा गेल्गी विश्वकी सबैभन्दा अग्ली किशोरी हुन् ।

उनको उचाइ ७ फिट ०.०९ इन्च अर्थात् २१३.६ सेन्टिमिटर छ । उनलाई गिनिज बुकका अधिकारीहरुले हालै उनको घर साफ्रानबोलुमा आयोजित समारोहमा विश्वकी सबैभन्दा अग्ली किशोरीको किर्तिमानी प्रमाणपत्र दिए ।
 
वेभर सिन्ड्रोम भनिने वंशाणुगत रोगबाट पीडित गेल्गीलाई प्रमाणपत्र दिनका लागि एकिन उचाइ पत्ता लगाउन दिनमै तिन पटक उचाइ नाप्नु परेको थियो ।
गिनिज बुकमा नाम लेखाएपछि फुरुंग हुँदै गेल्गीले आफ्नो सपना पूरा भएको र विशेष मान्छेले मात्र गिनिज बुकमा नाम लेखाउन सक्ने बताइन् ।

हाल ११ कक्षामा पढ्ने गेल्गीको उचाइका कारण कतिपय शारीरिक समस्या समेत देखिने गरेका छन् र कतिपयले जिस्काउने समेत गरेका छन् ।
 
स्मरण रहोस् विश्वको इतिहासमै सबैभन्दा बढि उचाइ भएकी किशोरी क्यानडाकी अन्ना हेनिङ स्वान हुन् । सन् १८८८ मा मृत्यु भएकी अन्नाको उचाई ७ फिट ११ इन्च थियो ।
विश्वको इतिहासमा सबैभन्दा धेरै उचाइ भएका पुरुष अमेरिकाका रोबर्ट वाडलोको उचाई ८ फिट ११.१ इन्च थियो ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar