दमक, श्रावण ५ - पूर्व क्षेत्रिय प्रहरी कार्यलय विराटनगरले इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक रविकुमार पौडेललाई असार महिनाको उत्कृष्ट प्रहरी 'पुलिस अफ द मन्थ' घोषणा गरेको छ ।
पूर्व क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरले जनाएअनुसार नागरिकसँग मिलेर अमर प्रहरी स्मारक निर्माण, नागरिक साहायता कक्ष निर्माण, लागू औषध नियन्त्रण, मानव बेचविखन रोकथाममा उल्लेख्य योगदान गरेको भन्दै पौडेललाई 'पुलिस अफ द मन्थ' घोषणा गरिएको हो ।
पौडेलको पहलमा असार महिनामा दमकको गणतन्त्र चोकमा जनचेतनामुलक स्क्रोल बोर्ड स्थापना गरेका थिए । यसैगरी दमकका व्यस्त क्षेत्र र वित्तिय संस्था रहेका क्षेत्रमा पनि सीसीटीभी जडान गरेर दमकमा हुने अपराधलाई न्यूनिकरण गर्न उल्लेख्य भूमिका निर्बाह गरेको पूर्व क्षेत्रिय प्रहरी कार्यालयले सञ्चार माध्यमलाई पठाएको इमेलमा उल्लेख छ ।
पौडेल सात महिना अघि इप्रका दमकको प्रमुखको रुपमा दमक आएका हुन् । आफ्नो कर्तव्यमा निरन्तर लाग्दा मूल्यांकन भएकोमा थप कर्तब्यनिष्ठ भएर काम गर्ने उत्साह मिलेको पौडेलको प्रतिक्रिया छ ।