चितवन, आषाढ २४ । चितवनमा इनार सफा गर्ने क्रममा दाजुभाइको मुत्यु भएको छ । आज बिहान पार्वतीपुरस्थित राजु तामाङको घरमा रहेको इनार सफा गर्ने क्रममा पटिहानी–३ पदमपोखरीका ४५ वर्षीय लालबहादुर विक र ४१ वर्षीय कुमार विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै आफन्त र परिवारले शव नबुझ्ने बताएपछि अहिले सर्वदलीय बैठक बसिरहेको छ ।
fb