२४ असार, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) १८औँ शिखर सम्मेलनलाई लक्ष्यित गरेर रत्नपार्क नजिकै रहेको रानीपोखरीमा पानीफोहोरा निर्माण गरिने भएको छ ।
दक्षिण एसियाका आठ राष्ट्र संलग्न सार्कको १८औँ शिखर सम्मेलन यसपटक नेपालको आयोजनामा आगामी कात्तिकमा काठमाडौँमा हुने भएको छ । सम्मेलनस्थल निकटका क्षेत्रको सौन्दर्य कायम गर्ने जिम्मा पाएको काठमाडौँ महानगरपालिकाले रानीपोखरीमा पानीफोहोरा निर्माण गर्न लागेको हो ।
यसका लागि महानगरपालिकाले सरकारसँग सात करोडको बजेट प्रस्ताव गरेको महानगरपालिका वातावरण महाशाखा प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार रानीपोखरीमा पानीफोहोरा निर्माण गर्न र त्यस वरिपरिको भौतिक संरचनाको मर्मत गर्न लागि सात करोड खर्च हुने अनुमान छ ।
सार्क सम्मेलनलाई लक्ष्यित गरी उक्त योजना बनाइएको भए पनि रानीपोखरीलाई पर्यटकीय क्षेत्रका रुपमा पहिचान बनाइराख्न सहयोग पुग्ने श्रेष्ठको दाबी छ । मल्लकालीन समयमा राजा प्रताप मल्लले छोराको मृत्यु भएपछि आफ्नी रानीलाई खुसी बनाउन उक्त पोखरीको निर्माण गरेका थिए
fb