Headlines News :
fb
Home » » मोदीलाई प्रश्न- दिल्लीमै बिजुली छैन, नेपाललाई के दिन्छौ ? भाकपा नेता भन्छन्- अहिले मोदीको 'पे ब्याक टाइम' हो

मोदीलाई प्रश्न- दिल्लीमै बिजुली छैन, नेपाललाई के दिन्छौ ? भाकपा नेता भन्छन्- अहिले मोदीको 'पे ब्याक टाइम' हो

 २३ असार काठमाडौं । भारतीय जनता पार्टीका नेता विजय जोलीले गत विहीबार एमाले महाधिवशेनको उदघाटनका क्रममा नेपालमा दैनिक १० घण्टा लोडसेडिङ भैरहेको भन्दै विद्युत परियोजनामा मोदी सरकारले सहयोग गर्ने भाषण गरे । जोलीले नेपलीलाई उद्योगधन्दा, रोजगारी र विजुली उपलब्ध गराइदिने भाषण सकेर दिल्ली फर्कन नभ्याउँदै काठमाडौंमै रहेका भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका केन्द्रीय सचिवालय सदस्य जोगेन्द्र शर्माले मोदी सरकारमाथि प्रश्न उठाए- ‘दिल्लीमै लोडसेडिङ छ, बिजुली नभएर कलकारखाना चौपट छन्, आफ्नै देशमा बिजुली दिन सकेका छैनौ, तिमीले नेपाललाई के दिन्छौ ?’

भारतीय प्रधानमन्त्री मोदीले भारतको राजधानी दिल्लीका जनतालाई विजुली दिन नसकेको शर्माले बताए । आफ्नो देशका जनतालाई केही दिन नसक्नेले विदेशमा विकासको मूल फुटाउँछु भन्नु हास्यास्पद रहेको उनले बताए । एमालेको महाधिवशेनमा भाकपा मार्क्र्सवादीका तर्फबाट शुभकामना दिन आएका कम्युनिष्ट नेता शर्माले अनलाइनखबरसँगको विशेष कुराकानीमा भने-’मोदी भारतको इतिहासमा सपथ खाएको एक महिना नबित्दै पुत्ला जलाइएका प्रधानमन्त्री पहिलो हुन्, अहिले देशैभरि उनको पुत्ला जलिरहेको छ ।’

‘मोदीले रेलको भाडा बढाए, डिजेलको भाऊ बढाए । ग्यासको दाम बढाए । १६ मेमा जब चुनावी नजिता आयो, त्यस दिनदेखि लिएर अहिलेसम्म सब्जीको भाऊ पौने दुईगुणा बढिसकेको छ । तमाम खाद्यवस्तुको मूल्य बढेको छ । सरकार भनिरहेको छ कि ढुवानी भाडा पनि बढ्दैछ । मोदीले भनेका छन कडा दबाइको जरुरत छ । कडा दबाइको मतलब के हो ?’ कम्युनिष्ट नेता सिंहले भने-’अब बजेट आउनेवाला छ, हामीलाई थाहा छ, यसबाट जनतामाथि हमला हुनेछ । बेरोजगारहरुमाथि हमला हुन्छ ।’

मोदीको हालत कांग्रेसको भन्दा पनि खराब हुनेछ

प्रकार करात र सीताराम यचुरी नेतृत्वको भारतको पुरानो कम्युनिष्ट पार्टीका नेता रहेका शर्माले नरेन्द्र मोदी र बीजेपीको हालत कांग्रेस आएको भन्दा पनि खराब हुने दाबी गरे । उनले भारतमा ठूलो जनआन्लदोलन उठ्न लागेको बताए । ‘तपाईहरुले देख्नुहुने छ कि अब छिट्टै जनता यो सरकारसँग असन्तुष्ट हुनेछन् र यसको हालत कांग्रेसको भन्दा पनि खराब हुनेछ,’ अनलाइनखबरसँग विशेष कुराकानी गर्दै उनले भने- ‘भारतमा यो दक्षिणपन्थी शक्तिको कुनै भविश्य छैन । हेर्नुहोला, भारतमा चाँडै ठूलो जनआन्दोलन सुरु हुनेवाला छ । हामी पूरै विश्वस्त छौं अर्कोचोटि हामी वामपन्थीहरु भारतमा पहिलेको भन्दा पनि शक्तिशाली भएर उदाउने छौं ।’

‘यो मोदीको ‘पे ब्याक टाइम’ हो

लोकसभा चुनावमा ठूला ब्यापारी र पुजीपतिले मोदीमाथि लगानी गरेको र अहिले तिनैको पैसा फिर्ता गर्न मोदी सरकारले महंगी बढाएको भारतीय कम्युनिष्ट नेता शर्माको आरोप छ । मोदी सरकारको कडा आलोचना गर्दै उनले भने-’चुनावमा कर्पोरेट हाउसहरुले जुन ३५ हजार करोड भारू दिएका छन्, मोदीबाट उनीहरुले त्यसको ब्याजसमेत असुल गर्नेछन् । अहिले बीजेपीका लागि ‘पे ब्याक टाइम’ हो । यसका लागि भ्रष्टाचार पनि हुनेछ र जति पनि प्राकृतिक संशाधन छन्, त्यसमा लुट मच्चाइने छ । अहिले उसले भनिरहेको छ, ग्यासको दाम बढाइन्छ । रिलाइन्स, जुन अम्बानीको कम्पनी हो, ऊ चाहन्छ कि ग्यासको दाम दुईगुणा गरियोस् ।’

कांग्रेस नीतिको निरन्तरता

भारतीय कांग्रेस भ्रष्टाचारका कारण बदनाम भएपछि मोदीलाई ‘अमेरिकी साम्राज्यवाद’ र अम्बानी लगायतका भारतीय कर्पोरेट हाउसहरुले प्रधानमन्त्रीका रुपमा अघि सारेको शर्माको आरोप छ । मोदी सरकारले पनि अमेरिकाको पिछलग्गुका रुपमा कांग्रेस सरकारकै नीतिलाई निरन्तरता दिने उनले बताए । कम्युनिष्टहरुलाई दमन गरेर सिध्याउने मोदीको योजना रहेको उनले आरोप लगाए ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar