जनकपुर, असार १७ – जनकपुर विमानस्थलमा स्याल दौडिएपछि जहाज अवतरणमा ढिलाई भएको छ ।
काठमाडौंबाट उडेको विमान मंगलबार दिउँसो १२:४० मा अवतरण गर्नुपर्नेमा धावन मार्गमा स्याल दौडिएपछि ५ मिनेट ढिलो भएको विमानस्थल कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार अहिले विमानको उडान र अवतरणमा कुनै समस्या छैन ।