हिंसा चर्कंदै गएपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले इजरायली प्रधानमन्त्री न्येतान्याहुसँग टेलिफोन वार्ता गरी दुबै पक्षले संयम अपनाउनु पर्नेमा जोड दिएका थिए ।
यसअघि राष्ट्रसंघका महासचिव बान कि मुनले पनि सुरक्षा परिषदको आपतकालीन बैठक बोलाइ गाँजा क्षेत्रमा इजरायलले आवश्यकताभन्दा बढी बल प्रयोग गरेकोमा आपत्ति जनाएका थिए ।
गाँजापट्टीमा इस्लामी सशस्त्र समूह हमासलाई लक्षित गरी गरेको हवाई आक्रमणमा सर्वसाधारण मारिनेक्रम बढेको छ । केही दिनयता भएका हमासको रकेट आक्रमण र इजरायाली हवाई कारबाहीमा एक सयजनाभन्दा बढीको मृत्यु भइसकेको छ ।
हमासले इजरायलका सहरहरुलाई लक्षित गरी दर्जनौं पटक रकेट आक्रमण गरेको छ भने इजरायलले प्यालेष्टाइनको गाँजापट्टीमा हवाई कारबाही जारी राखेको छ । (एजेन्सी)

