जंगली मत्ता ध्रुबे अहिले निकुञ्जभित्र कतै शान्त रहेको संकेत गर्दै प्रमुख संरक्षण अधिकृत कुँवरले पाँचवटाको समूहमा रहेका हात्ती धानको खोजीमा गाउँ पसेको स्पष्ट पारे। 'धान पाक्ने मौसममा निकुञ्जका हात्ती बाहिर (गाउँ) निस्कन्छन्', उनले भने, 'जंगली हात्तीको समूह नियन्त्रणका लागि निकुञ्जका कर्मचारी र सुरक्षाकर्मी गाउँमा मचान बनाएर बसेका छन्।' चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा श्रीजंग गण खटिएको छ। एक सातादेखि जंगली हात्तीको आतंक सहेका माडीवासीलाई वन्यजन्तुबाट जोगाउन सुरक्षाकर्मी र कर्मचारी गर्दी गाविसको अमिलिया पुगेका छन्।
चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको जंगली हात्तीको समूहले दक्षिण माडीका बस्तीमा पसेर आक्रमण सुरु गरेपछि स्थानीयवासी त्रसित छन्। गत बिहीबार माडीको अमिलियामा हात्तीले दुई घर भत्काएको छ। होमबहादुर परियार र शुक्रबहादुर श्रेष्ठको घरमा हात्तीले क्षति पु:याएको स्थानीय वासीले बताए। असारको समय किसानले चैतमा लगाएको धान पाकेर घरमा भित्र्याउने समय भएकाले यो समय बर्सेनि वन्यजन्तु निकुञ्जछेउका बस्तीमा पस्छन्। रातको समयमा समूहमा जंगली हात्ती बस्तीमा पस्ने गरेकाले निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँले वर्षामा त्रसित भएर रात काट्न बाध्य छन्।
चितवनको गर्दी गाविस १ अमिलियामा बस्नेहरू वन्यजन्तु र बाढी अमिलिया गाउँका लागि अभिशाप भएको बताउँछन्। अमिलियाका दलबहादुर विश्वकर्मा आफ्नो गाउँमा हरेक वर्ष रिउ खोलाको बाढी र जंगली जनावरको आतंकले सताएको बताए। 'परार साल बाढीले मान्छे बगायो। पोहोर साल ध्रुबेले मान्छे नै मार्यो। यसपालि के हुने हो', संकट आउने आशंका
.jpg)
