भक्तपुर गोठाटारस्थित युरो इन्टरनेसनलमा सात कक्षा पढ्दै गरेकी किशोरी रमिला (नाम परिवर्तन) लाई कक्षाकोठामै पहिलोपटक महिनावारी भयो। न उनलाई महिनावारीमा अपनाउनुपर्ने सावधानीको ज्ञान थियो न कसैलाई भन्नै सक्थिन्। सँगै बसेका अरू साथीले थाहा पाएपछि कक्षाभरि होहल्ला भयो। उनलाई थप सहायता गर्नु त परै जाओस्, सहपाठीहरूले उल्टै जिस्क्याउन थाले। उनी कक्षा छाडेर घर जान बाध्य भइन्।
दुई दिनपछि मलिन अनुहार लिएर उनी स्कुल त गइन् तर पहिलेका मिल्ने साथीहरू टाढिँदै गए। अझ केटा साथीहरू त राम्ररी बोल्नै मानेनन्।
रमिलामात्रै होइन, महिनावारीबारे ज्ञान नभएका आमकिशोरीले भोग्ने समस्या हो यो।
उनको समस्याबारे थाहा पाएकी प्रिन्सिपल अञ्जु भट्टराईलाई झनै चिन्ता बढ्यो। रमिलाजस्ता पहिलोपटक महिनावारी हुन लागेका छात्रा उनका विद्यार्थी थिए। एक दिन उनले किशोरावस्थामा आउने परिवर्तनबारे कक्षाका किशोर–किशोरीलाई खुलस्त पारेर बुझाइन्। सुरुमा सबैले लाज माने। सहजताका लागि अञ्जुले आफ्नै पहिलो महिनावारीको उदाहरण दिइन्।
‘किशोर उमेर भनेकै शारीरिक विकास र परिवर्तनको समय हो,' विद्यार्थीलाई बुझाउन आफूले सिकाएको ज्ञानबारे उनले नागरिकसँग भनिन्, ‘तिमीहरूका आमा, दिदीबहिनीलाई पनि यस्तो संवेदनशील अवस्था आउँछ। त्यो बेला झनै बढी हेरचाह पाउनुपर्छ भनेर सम्झाएको थिएँ।'
त्यसपछि आफ्ना विद्यार्थीले यस्तो अवस्थामा साथीलाई जिस्काउने, घृणा गर्नेजस्ता काम गर्न छाडेको उनी बताउँछिन्।
...
‘म्याम मेरो किन अझै दाह्रीजुँगा आएन? मसँगैको साथी ठूलो छ, मेरो उचाइ किन बढेन?'
१२ वर्षदेखि इपिएच (वातावरण, जनसंख्या, स्वास्थ्य) विषय पढाइरहेकी ग्रिनल्यान्ड स्कुल धापासीकी शिक्षिका मुना आचार्यलाई आउने किशोरहरूका प्रश्न हुन् यी। कहिलेकाहीँ ९ कक्षा पढ्दै गरेका विद्यार्थीले सोध्ने यस्ता प्रश्नले उनी छक्क पर्छिन् र जवाफ दिन्छिन्, ‘पोषणयुक्त खानेकुरा र वंशाणुगत गुणले पनि फरक पार्छ। तर आत्तिनुपर्दैन।'
विशेषगरी ८ कक्षा पढ्दै गरेका विद्याार्थीमा शारीरिक परिवर्तन देखा पर्न थाल्छ। यसै अवस्थाबारे थप ज्ञानका लागि विद्यालयस्तरको पाठ्यक्रममा कक्षा ८ देखि नै इपिएच पढाइ हुने गरेको छ।
घरपछिको दोस्रो घर मानिन्छ, विद्यालयलाई। तर, शारीरिक परिवर्तनको पहिलो चरणदेखि नै अधिकांश किशोरी विद्यालय जान पनि संकोच मान्ने गरेको केही शिक्षक–शिक्षिका बताउँछन्। किशोरावस्थाबारे पढाइरहेका अनुभवी शिक्षकका अनुसार ६–७ कक्षादेखि नै शारीरिक परिवर्तनको संकेत देखा पर्छ। विपरीत लिंगप्रतिको आकर्षण, एकअर्कालाई हेर्दा लजाउने, आफूलाई परेको समस्या शिक्षकलाई भन्न डराउनेजस्ता व्यवहार कक्षाकोठामै देखाउँछन्। कुनै कुरामा चित्त नबुझे कुलतमा लाग्ने र पढाइमा ध्यान नदिने व्यवहारका कारण कतिपय विद्यार्थीको भविष्य नै अन्योलमा पर्ने गरेको छ।
विद्यालयको पाठ्यक्रममा ‘यौन शिक्षा' बारे छुट्टै विषय समावेश छैन। स्वास्थ्य शिक्षामा राखिएका पाठ कतिपय शिक्षकले खुलेर पढाउन सक्दैनन्। शरीरमा आउने परिवर्तनबारे किशोर–किशोरीलाई सबै थाहा हुँदैन। किताबी ज्ञानले मात्रै नपुग्ने लागेपछि युरो इन्टरनेसनलकी अञ्जुले किशोरावस्थाबारे आफैं परामर्श दिन थालेकी छन्। सुरुमा कक्षा सञ्चालन गर्दा सबै विद्यार्थी लाजले टाउको निहुराउँथे। बिस्तारै बुझाउँदै लगेपछि आफ्नै समस्या हो भन्ने थाहा पाए र चाख मानेर ध्यान दिन थाले। उनी साताको एक दिन ६ र ७ कक्षाका विद्यार्थीलाई यस्तो परामर्श दिन्छिन्।
‘पहिले ९–१० कक्षाका विद्यार्थीमा देखिने समस्या अहिले ६–७ का विद्यार्थीमा नै देखिन थालेको छ,' अञ्जु भन्छिन्, ‘किशोर–किशोरीको शारीरिक बनावट फेरिने क्रम छिटो हुन थालेको छ। सानै कक्षाका विद्यार्थीमा परिवर्तन देख्दा छक्क पर्छु।'
पाठ्यक्रममा व्यावहारिक शिक्षा नभएकाले उनी आफंैले नयाँ विषयवस्तुमा ज्ञान बाँडिरहेकी छन्। १५ वर्षदेखि पढाउँदै आएकी उनी विभिन्न समुदायका विज्ञ बोलाउँछिन् र उनीहरूमार्फत परामर्श दिन्छिन्। किशोर उमेरका विद्यार्थीका लागि चेतनामूलक वृत्तचित्रसमेत देखाउने गरेको भट्टराईले बताइन्। ‘किशोर विद्यार्थीमाझ कक्षाकोठामै कण्डम लगेर व्यावहारिक कुरा सिकाएको छु,' उनी भन्छिन्, ‘शिक्षकले अब लाज मानेर हुँदैन। यौनका बारेमा खुलेर कुरा गर्न सकियो भनेमात्र यसले निम्त्याउने मनोवैज्ञानिक समस्या निराकरण गर्न सकिन्छ।'
नृत्य शिक्षिका लक्ष्मी केसी किशोर–किशोरीसँगै दिन बिताउँछिन्। उमेर बढ्दै गएपछि उनीहरूको शारीरिक विकास र अंग परिवर्तनको प्रभाव नृत्यमा पनि देखा पर्ने उनको अनुभव छ। ‘८–९ कक्षाका विद्यार्थी नाच्न अलि लजाउँछन्,' उनी भन्छिन्, ‘कहिलेकाहीँ महिनावारीका समयमा नाच्न अप्ठ्यारो मान्छन्, तर सेयर गर्नै मान्दैनन्।'
न्युटन हाइस्कुल बालुवाटारका प्रिन्सिपल रामबहादुर केसी पनि ७–८ कक्षामा आइपुग्दा विद्यार्थीको बानीबेहोरामा एकाएक परिवर्तन आएको महसुस गर्छन्। ‘विपरीत लिंगप्रतिको आकर्षण, कपडा मिलाएर लगाउन खोज्ने, अरूभन्दा फरक देखिन चाहने, सेलिब्रेटीको जीवनशैली पछ्याउन खोज्ने, कपाल ठाडो बनाउनेजस्ता बानी देखाउँछन्,' उनले सुनाए, ‘उनीहरू बोलीबाट होइन, हाउभाउबाटै शारीरिक, मानसिक अवस्थाको विकसित रूप देख्न सकिन्छ।'
प्रविधिको उच्च प्रयोगले पनि किशोरावस्थाका विद्यार्थीमा परिवर्तन छिटो देखिएको उनको बुझाइ छ। ‘आजभोलि इन्टरनेटमा धेरै समय बिताउँछन्। सामाजिक सञ्जालको प्रयोगले उमेर नपुग्दै फरक बन्न सिकेका छन्,' उनले भने।
पाठ्यक्रममा स्वास्थ्यका विषय समेटिएका छन्, तर किशोर उमेरमा देखा पर्ने परिवर्तन, यौन शिक्षा र मनोवैज्ञानिक पक्षको गहन अध्ययन छैन। ‘कोर्सका किताबमात्र पढाएर पुग्दैन,' केसी भन्छन्, ‘यौन शिक्षा, चेलिबेटी बेचबिखन, छाउपडी, लागुपदार्थका कुलतबाट कसरी बच्नेजस्ता विषयमा व्यावहारिक ज्ञान जरुरी छ।' नकारात्मक बाटोमा लागेका किशोर–किशोरीलाई गाली गरेरभन्दा परामर्शबाटै सुधार्नुपर्ने उनले बताए।
न्युटन हाइस्कुलमै ‘हेल्थ युनिट' छ। किशोरीहरूको महिनावारी हुँदा समस्या नहोस् भनेर स्कुलमै प्याडको व्यवस्था छ। केटा र केटीका लागि छुट्टै शौचालय छन्। ‘नार्कोनन्, रिचमन्डजस्ता सुधार गृहबाट प्रशिक्षक ल्याएर परामर्श दिँदै आएका छौं,' उनी अभिभावकलाई पनि सचेत हुने सुझाउँछन्, ‘पाहुना आउँदा कसरी बोल्ने, घरपरिवारसँग कसरी व्यवहार गर्ने, केटा–केटी साथीसँग कस्तो संगत गर्नेजस्ता विषयमा बाबुआमाले पनि सिकाउनुपर्छ।' यसकै लागि छोराछोरीलाई घरमै ज्ञान दिन आमाहरूका लागि परामर्श कक्षा सुरु गरेको केसीले बताए।
मनास्लु पब्लिक स्कुल नयाँबजारका शिक्षक विश्वनाथ अधिकारी अबको पिँढीलाई पुराना किताबी ज्ञानले मात्रै नपुग्ने बताउँछन्। ‘नयाँ वातावरणमा हुर्केका बच्चालाई पुरानै विधिले सिकाउन गाह्रो छ,' उनको सुझाव छ, ‘गलत बाटोमा लाग्नुअघि नै काउन्सिलिङको व्यवस्था गर्नुपर्छ।' प्राविधिका कारण यौन शिक्षाका बारेमा खुलेर कुरा गर्ने विद्यार्थीसँग नयाँ शिक्षकलाई गाह्रो हुने उनी बताउँछन्।
पहिले स्वास्थ्य शिक्षा पढाउँदा विशेष किशोरीहरू घोप्टो मुन्टो लगाएर बस्थे। ‘हिजोआज उत्सुकताका साथ सुन्छन्, नबुझेको सोध्छन्,' किशोरावस्थाका विद्यार्थीका लागि गहकिलो पाठ्यक्रमको आवश्यकता औंल्याउँछन्, उनी, ‘यौन शिक्षा, विवाह, प्रजनन् शिक्षा, हर्मोनका कुरा पाठ्यपुस्तकमा पुग्दो छैन। अबका पिँढीका लागि छुट्टै विषय बनाएर समेट्नुपर्छ।'
कम उमेरमै शारीरिक सम्पर्क पर्ने, उमेर नपुगी विवाह गर्ने, अभिभावकलाई थाहै नदिई घरबाहिर जानेजस्ता समस्या विद्यार्थीमा देखिने गरेको उनले बताए। हर्मोनका कारण शरीरमा आउने परिवर्तनले शिक्षकसँग झनक्क रिसाउने विद्यार्थी पनि देखेका छन्, उनले।
विद्यालय तह र प्लस टुसम्म आइपुग्दा फरक बानी र व्यवहारका विद्यार्थी एकै ठाउँमा हुन्छन्। व्यक्तिगत शारीरिक समस्याका कुरा कमैले मात्र साथीलाई सुनाउँछन्। ‘प्रायः किशोरीहरू महिनावारी बेला ठूलै समस्या आइलागे जस्तो गर्छन्,' ग्रिनल्यान्ड स्कुल धापासीकी शिक्षिका मुना आचार्य बताउँछिन्।
अभिभावकले छोरीलाई राम्रोसँग नबुझाएका कारण डराउने, तर्सिने, धेरै बिरामी महसुस गर्ने, पेट दुख्यो भनेर कक्षा नै छोड्ने समस्या उनले लामो समयदेखि भोग्दै आएकी छन्। उनी यसलाई मनोवैज्ञानिक समस्याका रूपमा लिन्छिन्। ‘महिनावारीको कुरै नगरी कक्षामा बस्न समस्या भएको मात्रै भन्छन्। साथीहरूले जिस्क्याएपछि झनै अत्तालिने देखेकी छु,' उनले भनिन्।
९ कक्षामा पुगेका किशोर–किशोरी बढी भावुक बन्ने गरेको उनको अनुभव छ। उनीहरू यौन शिक्षा, शारीरिक बनावट, प्रजनन् अंगका बारेमा जान्न खोज्छन्, तर भन्न डराउँछन्। ‘उनीहरूको मनोविज्ञान बुझेर व्याख्या गरिदिनुपर्छ। पहिलोचोटि अफ्ठ्यारो मान्लान्। बिस्तारै सचेत बन्दै जान्छन्,' उनी भन्छिन्।