Headlines News :
fb
Home » » नेयमारको ‘ढाड भाँच्ने’ जुनिगालाई मार्ने धम्की

नेयमारको ‘ढाड भाँच्ने’ जुनिगालाई मार्ने धम्की

५ साउन, काठमाडौं । ब्राजिलका नेयमारको ढाडको एउटा हड्डी भाँचिने गरी खराव ट्याकल गरेका कोलम्बियाका डिफेण्डर हुजान जुनिगालाई ज्यान लिने धम्की आएको छ ।

क्वाटरफाइनलमा कोलम्बिया र ब्राजिलबीच भएको खेल सकिन केही मिनेट मात्र बाँकी छँदा जुनिगाले नेयमारको ढाडमा घुँडाले हानेका थिए । जसका कारण नेयमारले विश्वकपका बाँकी खेल गुमाएका छन् ।

इटालियन क्लब नापोलीबाट व्यवसायिक फुटबल खेल्दै आएका जुनिगालार्इ विश्वकपपछि पनि आफूलाई इमेल र फोनबाट धम्की आइरहको उनका बाबुले बताएका छन् ।

उनका बाबुले भनेका छन् छन्-’फोन र इमेलमा फोहोर गालीसँगै धम्की आइरहेको छ । एक बाबुको रुपमा म चिन्तित छु । उनका लागि मात्र होइन, उनको पत्नी र छोरीका लागि पनि ।’

जुनिगाले माफी मागेका छन् भने ब्राजिलियन स्टार नेयमारले पनि दिएका छन् । जुनिगाका बाबुले भनेका छन्-’मेरो छोराका कुनै दोष छैन । उनी हिस्रक पनि होयनन । नेयमारलाई जे भयो, चोट फुटबलको एउटा हिस्सा हो ।’
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar