Headlines News :
fb
Home » , » धनुषाका ५ युवाको मानव अवशेष परिवारलाई हस्तान्तरण, ११ वर्षपछि अन्त्येष्टि

धनुषाका ५ युवाको मानव अवशेष परिवारलाई हस्तान्तरण, ११ वर्षपछि अन्त्येष्टि

सशस्त्र हिंसाका बेला ११ वर्षअघि सुरक्षाकर्मीद्वारा हत्या गरिएका धनुषाका पाँच युवाको शव (अस्थिपञ्जर) राष्ट्रिय मानवअधिकार आयोगको संयोजनमा उनीहरुका परिवारलाई हस्तान्तरण गरिएको छ।
राष्ट्रिय मानवअधिकार आयोगका सचिव बेदप्रसाद भट्टराईले सशस्त्र हिंसाका बेला सुरक्षाकर्मीद्वारा हत्या गरिएका धनुषाका पाँच युवाको मानव अवशेष पीडित परिवारलाई हस्तान्तरण गरेका छन् ।
धनुषाका सञ्जीवकुमार कर्ण, दुर्गेश लाभ, जीतेन्द्र झा, प्रमोदनारायण मण्डल र शैलेन्द्र यादवको शवको अवशेष परिवारलाई हस्तान्तरण गरिएको हो ।


अवशेष हस्तान्तरण लगत्तै पीडित परिवारजन, अधिकारकर्मी र राष्ट्रिय मानव अधिकार आयोगका अधिकारीहरुले हत्याका दोषीमाथि कारबाही प्रकृया तात्कालै थाल्न सरकारसँग आग्रह गरे ।
मृतक सञ्जीवकुमार कर्णका भाई राजिव कर्णले हत्यामा दोषी देखिएकालाई आफ्नै पार्टीका नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला पुरस्कृत गरेको भन्दै आक्रोश व्यक्त गरे ।
पाँचै जनाको मानव अवशेष ७ साउनमै जनकपुर– ४ स्थित स्वर्गद्वारमा अन्त्येष्टि गरिएको छ ।
अन्त्येष्टि अघि पाँचै जनाको मानवअवशेषमा एमाओवादी, नेकपा–माओवादी र नेकपा (माओवादी) का नेताहरुले  पार्टीको झण्डा ओढाएका थिए ।
एमाओवादीका कृष्णबहादुर महरा, नेकपा–माओवादीका देव गुरुङ्ग र नेकपा (माओवादी) का मातृका यादवले दोषीमाथि कारबाही गर्न सरकार समक्ष माग गरे ।
माओवादीको सशस्त्र हिंसामा सहयोग गरेको आरोपमा जनकपुर नगरपालिका १० का २४ वर्षीय सञ्जीवकुमार कर्ण, २१ वर्षीय दुर्गेश लाभ, जनपा– ४ का १९ वर्षीय जितेन्द्र झा, दुहबी–७ कर्महीका १७ वर्षीय शैलेन्द्र यादव र कुर्था–१ का १९ वर्षीय प्रमोदनारायण मण्डललाई संयुक्त सुरक्षा टोलीले पक्राउ गरेको थियो ।
आयोगले गोदार नजिक स्थानीय कमला नदी किनारमा गाडिएको अवस्थामा फेला पारेको शवको उत्खनन गरी मानव अवशेष फिनल्याण्ड पठाइएकोमा मृतकको पहिचान भएपश्चात् आफ्नो धर्म संस्कृतिअनुरुप अन्तिम संस्कारका लागि हस्तान्तरण गरेको हो ।
तल्लो गोदारमा विसं २०६७ भदौ २७ देखि असोज २ गतेसम्म उत्खनन गरिएका शवको पहिचानका लागि मारिएका व्यक्तिहरुका बाबु, आमासहित १९ जना आफन्तजनको रगतको नमुना सङ्कलन गरिएको थियो ।
उत्खनन गरिएका मानव अवशेषको परीक्षण त्रिविवि महाराजगन्ज क्याम्पस, फरेन्सिक विभागमा गरिएको थियो भने मानव अवशेषको डिएनए परीक्षण हेलन्सिकी, फिनल्यान्डमा भएको थियो ।

तस्वीर: इश्वरचन्द्र झा
पाँचै जनालाई विसं २०६० आसोज २१ गते जनकपुर नगरपालिका वडा नं ४ बाट सुरक्षाकर्मीले पक्राउ गरी बेपत्ता पारेका थिए ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar